
पोखरा / नेकपा एमालेको पोखरा महानगर कमिटीको अध्यक्षमा जीवन आर्चाय विजयी भएका छन । उनले दिपक पौडेललाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यले दुई सय ७७ मत पाउँदा पौडेलले दुई सय १० मत प्राप्त गरे ।
नेकपा एमाले पोखरा महानगर पालिकाको नेतृत्वका लागि दुई समुहको प्यानलै चुनावी मैदानमा होमिएको थियो। सर्वसम्मत् नेतृत्व चयन हुन नसकेपछि महानगरको दोस्रो अधिवशेनमा चुनाव भएको थियो ।
चुनावी मैदानमा दीपक पौडेल र जीवन आचार्य समुहले प्यानलै खडा गरेका गरि निर्वाचनमा गएका हुन । पौडेललाई पार्टीका नेता पृथ्वीसुव्वा गुरुङ र आचार्यलाई अर्का नेता खगराज अधिकारीको समर्थन रहेको वताइएको छ ।
पदाधिकारीमा आचार्यको समुहबाट उपाध्यक्षमा नरेन्द्र ढुङ्गाना, सचिवमा शुसिल बस्नेत र उपसचिव द्वयमा बिष्णु गौतम र हरिमाया विक निर्वाचित भएका छन् ।
अध्यक्षका उम्मेदवारमध्ये पौडेल पोखरा महानगर कमिटिका पूर्व अध्यक्ष हुन भने आचार्य पोखरा महानगर कमिटीका सचिव हुन् ।





