पोखरा/कास्की प्रहरीले मोवाइल चोरी गर्ने र फेसबुकमार्फत् बिक्री गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी अन्नपुर्ण गाउँपालिका१, दाना स्थायी घर भइ हाल पोखरा ८, जाल्पारोड बस्ने २० वर्षीय रुपेश रम्जाली रहेका छन् ।
उनले गएको पुस १६ अर्थात् अंग्रेजी नयाँवर्षको दिन लेकसाडइबाट एक महिलाको आइफोन चोरेका थिए । त्यही मोवाइलमा आफ्नो सिमकार्ड राखी चलाउँदै आएका रुपेशले त्यसपछिसहकारी दिवसको अवसरमा गएको चैत २० गते पोखराको सभागृहमा आयोजित कार्यक्रममा टेबुलमाथि राखेको मोवाइल चोरेका थिए ।
सो मोबाइलमा रहेको ई–सेवा आइडी ह्याक गरी उनले त्यहाँ रहेको १८ हजार १२५ रुपैयाँ चोरी गरे । सो चोरीको जाहेरीपछि उनको खोजी थालिएको र जेठ २० गते पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । निजले पेशेवर रुपमा नै मोवाइल चोर्दै र फेसबुकमार्फत् बिक्री गर्दै आएको पनि प्रहरीको भनाइ छ ।





