बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ऋभियान महिला समूहका सदस्यलाई बाजा बजाउने तालिम

ऋभियान महिला समूहका सदस्यलाई बाजा बजाउने तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८१, बुधबार

पोखरा/पोखरा १, लामपाटनमार्ग स्थित अभियान महिला समूहका सदस्यहरुले मादल, खैंजडी र मुजुरा बजाउनका लागि सीपमूलक तालिम लिएका छन् । समुहको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा समूहमा आबद्ध ३५ जना सदस्यहरुले सो सीपमूलक तालिम लिएका हुन् ।
पाँच दिनसम्म संचालन भएको तालिममा सहभागिहरुलाई रुद्र सुवेदी च्वाइँले खैजडी र मुजुरा, सुनीता पौडेलले मादल बजाउनेसँगै अन्य विविध विषयमा सहजीकरण गरेका समूहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिइन । सीप सिकै आत्मनिर्भर बनौ सगै मौलिक कला सस्कृतिको संरक्षण र जगेर्ना गरौ भन्ने उदेश्य सहित तालिम आयोजना गरिएको अध्यक्ष पौडेलले बताइन् ।
हराउदै गएका पुराना लोक बाजाहरुको संरक्षण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक समूहकी उपाध्यक्ष गंगादेवी पौडेलले जानकारी दिइन् ।
नयाँ पुस्तालाई आफ्नो मौलिक बाजा चिनाउन र बजाउन सिकाउन समेत तालिमले सहयोग गरेको समुहकी सदस्य सावित्री पराजुलीले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->