बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘वन संरक्षणका लागि दीर्घकालिन कार्ययोजना आवश्यक’

‘वन संरक्षणका लागि दीर्घकालिन कार्ययोजना आवश्यक’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८१, शनिबार

पोखरा/कास्की जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा वन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलले वन क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति गम्भीर र प्रभाबकारी ढंगले लागि पर्न आग्रह गर्दै पछिल्लो समय वन बिनासको महत्वपूर्ण कारक तत्व डढेलो नियन्त्रण गर्न प्रभाबकारी जनचेतना सहितका कार्यक्रम बनाउन आग्रह गरे ।
उनले संरक्षणका निम्ति तत्काल अल्पकालिन र दीर्घकालीन कार्ययोजना आवश्यक भएको हुँदा त्यसतर्फ ध्यान दिन सरोकारवाला कार्यालयका कर्मचारीहरूलाई आग्रह पनि गरे ।
कार्यक्रममा जिसस कास्कीका उप–प्रमुख सरिता माल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कास्कीका डिभिजनल बन अधिकृत कोमलराज काफ्ले, एक्याप पोखरा कार्यालयका प्रमुख डा. रबिन कडरिया, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकीका अध्यक्ष कालिदास सुवेदी सहितका विभिन्न सरोकारवाला ब्यक्तिहरूले बन क्षेत्रमा देखिएका समस्या, चुनौती र निराकरणका सम्बन्धमा आ –आफ्नो धारणा ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->