पोखरा/ प्रहरीले अवैध चिरुवा काठसहित (फ्ल्याक) एक ट्रक शनिवार नियन्त्रणमा लिएको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १ जौबारीस्थित पोखरा बाग्लुङ सडक खण्डमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले याम्दीबाट हरिचोकतर्फ आउँदै गरेको ग १ ख ६११५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा चिरुवा काठ लोड गरी ल्याइएको तर सो सम्बन्धमा प्रयोजन खुल्ने कागजात साथमा नभएको कारण काठसहित ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बगर कास्कीमा पठाईएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक अविनास दीप जिसीले बताएका छन ।





