पोखरा/ पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा पर्बतका एक युवाले शनिबार ज्यान गुमाएका छन् ।
परबतको कुश्मा नगरपालिका- १३ खौलालांकुरी घर भै हाल पोखराको छोरेपाटन बस्ने २८ वर्षका बिश्वास सुबेदीको ज्यान गएको हो । शनिबार अपरान्ह ५ बजेतिर छोरेपाटनको भोटेक्याम्प नजिकै खोलामा पौडी खेल्ने क्रममा सुवेदी डुबेर बेपत्ता भएपछी सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालीका गणबाट विशेष खोज, उद्दार एंव गोताखोर टोली परिचालन भएको थियो । सुबेदीको शव २५ फीट गहिराइमा अड्किएको अवस्थामा पौने ७ बजे शवको उद्दार गरिएको कालीका गणका गणपति एसपी अरुण कुमार शर्माले जनाएका छन । शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा पठाइएको छ ।





