बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खच्चडलाई कर्णाली नदीमा खसालेर डुंगाद्धारा उद्धार गरिँदै

खच्चडलाई कर्णाली नदीमा खसालेर डुंगाद्धारा उद्धार गरिँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०८१, आइतबार

पोखरा / अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ । स्थानीयका अनुसार दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको हो ।

पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको स्थानीय भरत साउदले जानकारी दिए । ‘अहिलेसम्म ३ वटा खसालिएको छ । बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ’, उनले भने, ‘तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ । अरु उपाय सम्भव भएन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->