पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने भएको छ । राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले मुख्यमन्त्रीले मागेको विश्वासको मत माथिको छलफलका क्रममा समर्थन गर्ने जनाएका हुन । उनले १८ /१९ महिनामा चौथोपटक सरकार बनाउनका लागि यहाँ उपस्थित भएको भन्दै यो जनतालाई सुनाउन पनि लाज लाग्दो कुरा रहेको बताए । प्रदेश सभामा राप्रपाका २ सांसद छन । पाण्डेकाे पक्षमा कांग्रेसका २७ र राप्रपाका २ गरी २९ मत पुगेकाे छ । सरकार बनाउन ३१ सांसद चाहिन्छ ।





