बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८१, सोमबार

पोखरा/
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन । उनको पक्षमा ३१ र विपक्षमा २८ मत परेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेका छन ।

पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, एक स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले विश्वासको मत दिए । विपक्षमा एमालेका २२ र माओवादी केन्द्रका ६ गरी २८ मतमात्रै पर्याे ।

एउटै चुनाव चिन्हबाट चुनाव जितेकाले देवकोटालाई माओवादी केन्द्र पार्टीको ह्विप लाग्थ्यो । तर उनले पार्टीको निर्णय भन्दै ह्विप मानेनन् । अव यो विषय पनि अदालत प्रवेश गर्ने निश्चित जस्तै भएको छ । देवकोटाले विश्वासको मत दिन गएपछि एमाले सांसदहरुले फ्लोर क्रस गर्नु संसदीय बिकृति भएको भन्दै नाराबाजी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->