बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

संघीयता फापेका मनाङे

संघीयता फापेका मनाङे


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८१, मंगलबार

पोखरा/गण्डकी प्रदेश सभामा सधैको अंकगणितको खेल । त्यही खेलमा सवैभन्दा बढी अवसर लिन पुगेका छन् राजीव गुरुङ अर्थात दीपक मनाङेले ।

मनाङको प्रदेश सभा २ निर्वाचन क्षेत्रबाट सर्वसम्मत् निर्वाचित भएका मनाङे फेरी मन्त्री बनेका छन । प्रदेश सभाको साढे ६ वर्षको अवधिमा उनी छैठौं पटक मन्त्री बन्न सफल भएका छन । उनको मंगलबारै सपथ ग्रहण हुदैछ ।

प्रदेश सभा सांसद भएको झन्डै १५ महिनापछि सांसदको सपथ खाएका मनाङे प्रदेश सभाको पहिलो कार्यकालमा निर्णायक अवस्थामा रहन पुगे । फलस्वरुप पटकपटक मन्त्री भए । पहिलोपटक २०७७ सालमा तत्कालीन नेकपा टुक्रिएपछि सङ्कटमा परेको पृथ्वीसुब्बा गुरुङको सरकारलाई मन्त्री बनाउनुपर्ने शर्तसहित सघाए । भइरहेको ७ वटा मन्त्रालय फुटाएर गुरुङले मनाङेलाई क्याबिनेटमा इन्ट्री गराए । तर उनको सरकार जोगिएन । संविधानको धारा १६८ ९३० अनुसार गुरुङकै नेतृत्वमा सरकार बन्यो, मनाङेले सँगै शपथ लिए । फेरी पनि सरकार जोगिएन । त्यसपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा मनाङेको साथ अनिवार्य भयो । तेस्रोपटक मन्त्री बन्न सफल भए ।

प्रदेश सभाको दोस्रो निर्वाचनमा उनी सर्वसम्मत स्वतन्त्र सांसदको रुपमा निर्वाचित भए । मन्त्री हुने दाउमा उनी नेकपा एसमा प्रवेश गरे । तर मन्त्री बनाइएन ।
अल्पमतमा परेका बेला मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेरी मनाङेलाई भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्री बनाए २०८० चैत ५ मा । तिनै मनाङेले फेरी एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भए । सोमबार मुख्यमन्त्री पाण्डेलाई मनाङेले विश्वासको मत दिए । पाण्डेले फेरी मनाङेलाई मन्त्री बनाए । अहिलेसम्म बनेका मुख्यमन्त्रीले मनाङेलाई मन्त्रीपरिषद्मा सहभागी बनाए । अहिले सर्वसाधारण भन्ने गर्छन, संघीयता दीपक मनाङे जस्ताका लागि भयो । प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले सत्ताको खेललाई आफ्नो पक्षमा पार्न सफल हुदै आएका हुन मनाङेले । मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी दिईदैछ । यसअघि उनी ३ पटक युवा तथा खेलकुद मन्त्री र दुईपटक भौतिक पूर्वाधार मन्त्री भइसकेका थिए ।

देवकोटा पनि मन्त्री

यसैबीच माओवादीको चुनाव चिन्हबाट प्रदेश सांसदमा निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा पनि मन्त्री बन्दै छन । उनले माओवादी संसदीय दलको ह्विप नमानी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई देवकोटाले सोमबार विश्वासको मत दिएका थिए । देवकोटाले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने भएका छन । उनी हालसम्म माओवादीको कोटाबाट प्रदेश सभाको सामाजिक बिकास समिति सभापति थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->