बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गुरुङ र देवकोटाले लिए सपथ

गुरुङ र देवकोटाले लिए सपथ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८१, मंगलबार

पोखरा/ नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन । गुरुङलाई भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरुलाई सपथ खुवाएका थिए ।

सोमबार प्रदेशसभामा विश्वासको मत पाएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार उनीहरुलाई मन्त्री नियुक्त गरेका हुन । माअ‍ोवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिएलगत्तै मन्त्री बनेका हुन । गुरुङ भने योसहित छैठौपटक प्रदेश मन्त्री बन्न सफल भएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->