शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

गैह्र कानुनी रुपमा बस्दै आएका १२ विदेशी पक्राउ

गैह्र कानुनी रुपमा बस्दै आएका १२ विदेशी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८१, बुधबार

पोखरा/ गैरकानुनीरुपमा बस्दै आएका विभिन्न देशका पर्यटकलाई पक्राउ गरी आवस्यक कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको छ । पर्यटक प्रहरी कार्यालय पोखराले, जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी बुधवार उनीहरुलाई पोखराको लेकसाइडबाट क्यानडाका एक जना र सराङकोटबाट जर्मनीका नागरिकलाई फेलापारी काठमाडौं पठाइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रील महिनादेखी अहिलेसम्म गैह्रकानूनी रुपमा बसोबास गर्दै आएका (ओभरस्टे) युके, क्यानडा, जर्मनी, इजरायल, चिली, कोस्टारिका र कंगोको गरी १२ विदेशीलाई खोजतलास गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन शाखा कार्यालय, कास्की मार्फत अध्यागमन विभाग पठाईएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->