पोखरा/युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लबमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सो अवसरमा प्रशिक्षण प्रदान गर्दै डाक्टर योगी विकाशनन्दले नकारात्मक विचारका कारण तनाव उत्पन्न हुने भएकाले आफ्नो बिचारलाई कन्ट्रोल गर्न सके तनाव कम हुने बताए ।
त्यस्तै अर्का प्रशिक्षक डाक्टर क्यान्सर रोग विशेषज्ञ वरिष्ठ डाक्टर दिपेन्द्रमान श्रेष्ठले पछिल्लो समय महिलाहरुमा पाठेघरको क्यान्सर वढ्दो मात्रामा रहेकाले त्यसतर्फ महिला दिदीबहिनीहरु सचेत हुन आवश्यक रहेको वताए ।
सो अवसरमा युनाइटेड क्लबले डाक्टर योगी विकासानन्दले पोखरामा स्थापना गर्न लागेको आश्रमको सहयोगार्थ ५० हजार रुपैया प्रदान गरिएको थियो । त्यस्तै एनिमल लभर गु्रप पोखराले युनाइटेड क्लबलाई पोखरा १० भित्र सडकमा आश्रित जनावरहरुलाई लक्षित गरी खाना र पानी वितरण गर्नका लागि ४ वटा भाँडासमेत प्रदान गरिएको थियो ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले सामाजिक कामसँगै हरेक वर्ष विभिन्न प्रशिक्षाणात्मक कार्यक्रम गर्दै आइरहेकोमा यो पटक तनाव ब्यवस्थापन र क्यान्सरसम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको वताए । युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा ४ सयको सहभागिता रहेको थियो ।





