आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मजदुरहरुको स्वास्थ्य परीक्षण

मजदुरहरुको स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • असार १० २०८१, आइतबार

पोखरा/नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सदस्य संस्था यातायात मजदुरहरूको छाता संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो ४५ औं स्थापना दिवस देशभर विविध कार्यक्रमका साथ मनाएको छ ।
सोही अवसरमा गण्डकी प्रदेश कमिटीले शनिबार पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा सुगर तथा ब्लड प्रेसर परीक्षण गरेको छ । १८० जनाले स्वास्थ्य जाँच गराएको अस्पतालका पब्लिक रिलेशन अफिसर सोवित सुवेदीले जानकारी दिए ।
यस्तै, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा चेकजाँच तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत गण्डकी प्रादेशिक रक्त सञ्चार केन्द्रसंगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको संगठनका गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्रीले जानकारी दिए । उक्त कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->