बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

डेढ सयबढी विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

डेढ सयबढी विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०८१, बुधबार

पर्वत/यूकेमा बसोबास गर्ने पर्वतेलीहरूको साझा संस्था पर्वत समाज युकेले डेढ सय विपन्न तथा जेहान्दार बालबालिकाहरुलाई शैक्षिक साम्रागी सहयोग गरेको छ ।
पर्वतको जलजला गाउँपालिकाको फर्से धाइरिङ मावि, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना र विहादी गाउँपालिकाका विद्यालयका ११५ जना आर्थिक अवस्था अत्यन्त कमजोर तथा जेहान्दार विद्यार्थीलाई स्टेशनरी, पोशाक, झोला वितरण गरिएको अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष एवम् पर्वत समाज यूकेका भूपू अध्यक्ष दधी आचार्यले बताए ।
‘विद्यालयले छनोट गरेका विद्यार्थीलाई वितरण गरिएको हो,हामीले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिनेछौँ,’ आचार्यले भने ।
सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङ लगायतको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरणमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोगले पठनपाठनमा सहज हुने जलजला गाउँपालिका अध्यक्ष आचार्यले बताए ।


‘सरकारी स्रोतसाधनले मात्रै सम्भव छैन, समुदायस्तरका समस्यामा सबैको हातेमालो आवश्यक छ,’ अध्यक्ष आचार्यले भने । उनले एनआरएनएमार्फत् पूर्वअध्यक्ष कुल आचार्यले समेत निरन्तर सहयोग गरिरहेको बताए ।
पर्वत समाज यूकेका पूर्वअध्यक्ष आचार्यले ब्यापार, रोजगारी र विभिन्न पेशाका क्रममा यूकेमा रहेका पर्वतबासीले जन्मभूमिमा आवश्यकता परेका क्षेत्रमा सहयोग गरिरहेको बताए ।
उनले अहिलेसम्म गरिएको सहयोग समुदायस्तरबाट सदुपयोग भएको बताउँदै सानो–सानो सहयोगले पनि विद्यार्थीलाई केही सहज हुनेमा आशावादी रहेको बताए ।
पर्वत समाज यूकेका पूर्वअध्यक्ष आचार्यले सन् २००३ मा स्थापना भएको संस्थामार्फत दृष्टिविहिन विद्यार्थीलाई अक्षय कोष सहित शिक्षा, स्वास्थ्य, बाढीपहिरोबाट विस्थापितलगायत विभिन्न क्षेत्रमा सहयोग गरेको समाजकी अध्यक्ष अप्सरा गुरुङको भनाई छ । पर्वत समाज यूकेले पर्वतको शिक्षाका लागि गत असारमा आयोजना गरेको च्यारिटी कार्यक्रममा करिब २० लाख संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->