मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

युवा व्यवसायी आदर्शको जन्मदिनमा मानवसेवा आश्रममा भोजन सेवा

युवा व्यवसायी आदर्शको जन्मदिनमा मानवसेवा आश्रममा भोजन सेवा


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८१, मंगलबार

पोखरा/ युवा व्यवसायी आदर्श क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा छोरेपाटनमा रहेको मानवसेवा आश्रममा भोजन सेवा प्रदान गरेका छन । पछिल्लो समय पार्टी प्यालेसमा जन्मदिन मनाई फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेको बेला क्षेत्रीले असहाय र अनाथहरुका लागि केही भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आश्रममा रहेका लक्ष्मीआमा एवं बालगोपालहरुलाई भोजन सेवा प्रदान गरेका हुन ।

व्यवसायिक क्षेत्रमा क्रियाशील आदर्श दुःखी, असहाय र अनाथलाई सहयोग गर्न अगाडि सर्दै आएका छन । दुःखी ,असहाय र अनाथहरुलाई सहयोग गर्न र सेवा नै धर्म हो भन्ने सोच उनको रहेको छ । पोखरा १७ का आदर्श रि युनियन एजुकेसन एण्ड भिसा सर्भिसेसका प्रबन्ध निर्देशक समेत हुन । पोखरा छोरेपाटनमा रहेको उक्त आश्रममा ७९ जना लक्ष्मी आमा एवम् बालगोपालहरु छन ।उक्त मानवीय सेवामा भिम बहादुर क्षेत्री, तेजेन्द्र बहादुर क्षेत्री सहित परिवार, आफन्तजन उपस्थित थिए ।मानवसेवा आश्रमले आदर्शको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->