पोखरा / कास्की अन्नपूर्णका एक व्यक्तिले दिउसै आफ्नै श्रीमतीको बीभत्स हत्या गरेका छन्। अन्नपूर्ण गाउँपालिका-९, नौडाँडा घर भइ हाल पोखरा-८, कुँवरटोलमा डेरा गरी बस्ने ४२ वर्षीय जवरसिंह कुँवरले बुधबार मध्यान्न १२ः१० बजेतिर ४० वर्षीया श्रीमती राधिका कुँवरको हत्या गरेको प्रहरीले जनाएको छ।
सामान्य विवादका बीच कुँवरले श्रीमतीको घाँटी र पेटमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। खुकुरी प्रहारबाट घाइते राधिकालाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए।
श्रीमान् र श्रीमतीबीच लामो समयदेखि विवाद रहँदै आएको र आज पनि त्यही विषयमा विवाद भएको हुनसक्ने छिमेकीले बताएका छन्। उनीहरूका एक छोरा छन्। प्रहरीले कुवँरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।





