सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

ज्येष्ठ नागरिक दिवसमा पोखरा महानगरद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

ज्येष्ठ नागरिक दिवसमा पोखरा महानगरद्वारा ज्येष्ठ नागरिकलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८१, मंगलबार

पोखरा/३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । १ सय ६ वर्षीया बसुन्धरा बराल र १ सय ३ वर्षीय देवीदत्त तिवारीलाई महानगरले सम्मान गरेको हो । महानगरले दुबै जनालाई उहाँहरुकै घरमा पुगेर सम्मान गरेको हो ।

पोखरा १३ काहुुँखोलाकी बराललाई पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ र पोखरा १३ का वडा अध्यक्ष किरण बरालले नगद १४ हजार, सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन । त्यस्तै वडा नम्वर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले ज्येष्ठ नागरिक पिताका रुपमा नगद, माला र दोसल्ला ओढाएर सम्मान गरे । महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये २ जनालाई सम्मान गर्र्दै आएको छ । महानगरले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसमार प्रत्येक वर्ष नगर पिता र नगर आमाको रुपमा सम्मान गर्दै आएको छ ।

उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताइन । ज्येष्ठ नागरिकहरुलाई परिवारका सदस्यहरुले कुनै दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा जोड दिँदै नेपालको संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट व्यवस्था गरेको जनाइन । स्थानीय सरकार पोखरा महानगरले पनि ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको भनाइ थियो ।

वडा अध्यक्ष किरण बरालले आफ्नै वडाको ज्येष्ठ नागरिकलाई सम्मान पाउनु सुखद भएको बताउँदै सम्मानित व्यक्तित्वको सुस्वास्थ्य र दीर्घायूको कामना गरे । कार्यक्रममा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत मञ्जुु ढुुंगाना, महिला विकास अधिकृत बेलकुमारी गुुरुङ लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->