पोखरा/लागुऔषध बेचबिखन गरेको आरोपमा पोखरा महानगरपालिका वडा नं. ७ को शुभेक्षा फार्मेसीका संचालक मित्रलाल शर्मा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई पक्रेको हो ।
फार्मेसीमा ट्यापेन्टाडोल हाइड्रोक्लोराइड ५० एमजी को क्याप्सुल १ सय १५ चक्की बरामद भएको थियो । यसैगरी पोखरा–१७ पावरहाउसस्थित उनको घरमा खानतलासी गर्दा सोही लागुऔषध क्याप्सुल ४५ हजार ७० चक्की भेटिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शर्मालाई लागुऔषध मुद्धामा १५ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।





