सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

विन्ध्यवासिनी क्याम्पस र विद्यार्थी मञ्चको शुभकामना आदानप्रदान

विन्ध्यवासिनी क्याम्पस र विद्यार्थी मञ्चको शुभकामना आदानप्रदान


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८१, शनिबार

पोखरा/  विन्ध्यवासिनी क्याम्पस पोखरा–१६ बाटुलेचौरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाली राष्ट्रिय पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले क्याम्पसले भोगिरहेको जग्गा समस्यालाई समाधान गर्न मन्त्रालयले पहल गर्ने बताए ।

उनले जग्गाकै कारण क्याम्पसलाई आउने सहयोग रोकिन नहुने बताउँदै, स्थानीय सरकारले पनि यस विषयमा गम्भिरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए । पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विन्ध्यवासिनी क्याम्पस यस क्षेत्रको शैक्षिक केन्द्र भएकोले, यसमा देखिएको समस्या समाधान गर्न सवै पक्ष लाग्नुपर्ने बताए ।

क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर वाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका सिनेटर पूर्ववडाध्यक्ष जीवन आचार्य , संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराई, विन्ध्यवासिनी माविका निमित्त प्रधानाध्यापक भेषराज पौडेल, प्रशासनीक डीन विजय शर्मा, क्याम्पस प्रमुख सुमनकेशव पराजुली लगायतले जग्गा अभावका कारण, क्याम्पसले समस्या भोगिरहेको र विश्वविद्यालयवाट प्राप्त सहयोग पनि गुम्ने अवस्थामा पुगेको बताउँदै, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। एक आपसमा शुभकामना आदान प्रदान गरिएको कार्यक्रमको सञ्चालन क्याम्पसका लेखा प्रमुख भीमवहादुर गायकले गरेका थिए ।

यसैबिच भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले पनि शनिबारै शुभकामना आदान प्रदान गरेको छ। मञ्चका अध्यक्ष हरिवहादुर वरूवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी विन्ध्यवासिनी माविका पुर्व प्रधानाध्यापक शालिग्राम अधिकारीले नेपालीजनका चाडपर्वले एक आपसमा एकता, सहकार्य र भातृत्वलाई प्राथामिकता दिएको बताउँदै, पर्वको मौलिकतालाई जोगाई राख्न सुझाव दिए । कार्यक्रममा पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, हिमालय क्लवका अध्यक्ष मोहन थापा, विन्ध्यवासिनी माविका निमित्त प्रधानाध्यापक भेषराज पौडेल, मञ्चका सचिव भीमबहादुर गायक लगायतले बोलेका थिए। आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा गण्डकी डान्स आईडल विजेता करिना गहतराजले मौलिक नेपाली नृत्य प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->