सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बेलबुुट्टे आदर्श बाल क्लबको शुुभकामना आदानप्रदान

बेलबुुट्टे आदर्श बाल क्लबको शुुभकामना आदानप्रदान


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८१, शनिबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ तल्लोगगनगौंडामा क्रियाशील बेलबुट्टे आदर्श बाल क्लबले विजयादशी, दिपावली, छठ लगायत पर्वका अवसरमा आज शुुभकामना कार्यक्रम सम्पन्न गरेको छ । क्लबले विगतको परम्परालाई निरन्तरता दिएको अध्यक्ष सुजाता पौडेलले जनाइन ।

कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक रामप्रसाद तिवारीले सबै चाडपर्वका अवसरमा शुुभकामना व्यक्त गरे । सामाजिक व्यक्तित्व गुरुप्रसाद पौडेलले क्लबले आफूलाई सिर्जनात्मक गतिविधिमा अघि बढाउनुुपर्नेमा जोड दिए । क्लबका प्रत्येक सदस्यले आफूलाई अनुुशासित बनाउँदै नियमित अध्ययन कार्यमा लाग्नुुपर्ने आवश्यकता औंल्याए ।

क्लबका अध्यक्ष सुजाता पौडेलको अध्यक्षता एवम् सचिव ओशिष घिमिरेले सञ्चालन गरेका कार्यक्रममा क्लबका उपाध्यक्ष दीक्षा वाग्ले, सहसचिव इशान पौडेल, कोषाध्यक्ष कृति घिमिरे, क्लबका सदस्यहरू आयुुष्मान खनाल, सक्षम पौडेल, कीर्तन घिमिरे, समिर पौडेल, रियान सापकोटा, दीपिका वाग्ले लगायतले शुुभकामना व्यक्त गरेका थिए । त्यस्तै शान्ता पौडेल, नवराज घिमिरे, हरिष्चन्द्र पौडेल, वासुदेव पौडेल, शारदा भट्टराई पौडेल, चित्राकुमारी घिमिरे पौडेल, रोशन सापकोटा, जीवनसरिता बास्तोला घिमिरे, किशोर घिमिरे, खडानन्द बराल, गंगा घिमिरे, विन्दु बराल वाग्ले, इन्दिरा पौडेल, सत्यदेवी बराल लगायतले क्लबका गतिविधि सिर्जनात्मक बन्नुुपर्ने बताउँदै चाडपर्वका अवसरमा शुुभकामना दिएका थिए ।

नविन टोल विकास संस्थाद्वारा सरसफाई
विजयादशमी, दिपावली, छठ लगायतका चाडपर्वको अवसरमा तल्लो गगनगौैडास्थित नविन टोल विकास संस्थाले टोल क्षेत्रमा आज सरसफाई गरेको छ । संस्थाले सेरावेशीँचोकदेखि बाह्रसय चौतारी हुँदै पुरानोगाउँको चौतारासम्मको सडक क्षेत्रमा सरसफाई गरेको संस्थाका सचिव मोहनराज बरालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->