आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फेवातालको किनारामा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड सुरु

फेवातालको किनारामा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड सुरु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८१, शनिबार

पोखरा / पोखरामा शनिबार तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ सुरु भएको छ । वाराहीघाटमा आयोजित समारोहमा सँस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले संयुक्तरुपमा दौडको उद्घाटन गरे ।

नेपाल र चीनका खेलाडीले भाग लिएको उक्त दौड विभिन्न ४ इभेन्टमा हुँदैछ । जसमा चीनका ६४ जना धावकसहित विभिन्न इभेन्टमा गरी करिब १२ सय जनाले भाग लिएका छन् । प्रतियोगितामा टिम समूह दौड, च्यालेन्ज इन्डिभिजुअल दौड, विद्यार्थी दौड र ह्याप्पी रन विधामा दौड भएको आयोजक हिमालयन टुरिजम फोरमका मिडिया संयोजक प्रतीकराज पहारीले बताए ।

हृयाप्पी रनमा अतिथिलगायत दौडिएका थिए । दौड अवसरमा शुक्रबार बसुन्धरा पार्कमा स्प्रिङ सिटीको अनावरण र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोत सम्बन्धी फोटो प्रदर्शनी भएको थियो । दौडका लागि बिहीबार १ सय ३४ सदस्यीय चिनियाँ टोली लिएर कुनमिङबाट सिचुवान एयरलायन्सको न्यारोबडी एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->