पोखरा / नेकपा (एमाले)ले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। आउँदो मंसिर पहिलो साता भेला बोलाउने तय गरिएको हो।
राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने भएको छ।
बैठकले वडा र पालिका अधिवेशनको मिति तोकेको हो। स्थायी कमिटी बैठकले मंसिर २६ गते तय गरिएको छ। त्यसपछि स्थानीय तह कमिटीको अधिवेशन तोकिएको छ। पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ।
यस्तै, राष्ट्रिय भेला पनि बोलाउने निर्णय गरेको छ। स्थानीय तहको अधिवेशनअघि मंसिर पहिलो साता राष्ट्रिय भेला बोलाउने तय गरिएको हो।
यससँगै एमालेले वडा र पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको छ।
यससँगै जिल्ला अध्यक्ष नभएका जिल्लामा अध्यक्ष तोकेर माथिल्लो कमिटीमा पठाउन भनिएको छ। १३ वटा जिल्लामा अध्यक्ष पद रिक्त रहेको छ।





