बागलुङ/बाढी, पहिरोले मानवीय क्षति, भौतिक क्षति भएपछि दाताले तत्काल विभिन्न क्षेत्रमा साथ र सहयोगको हात बढाएका छन् । कालीगण्डकी बाढी र जिल्ला भित्रका विभिन्न स्थानमा आएको बाढी र पहिरोले धनजनको क्षति पछि सहयोगी हातहरु अगाडि आएका हुन् ।
असोज ११ गतेको बाढीले घर बगेपछि पीडित बालबालिकाको लागि कापी, किताब र विद्यालय पोशाकको सहयोग जुट्न थालेको हो । अभिभावकलाई खाद्यान्न र पुनस्र्थापनाको सहयोगमा सरकारी निकायहरु सक्रिय रहेकाबेला बालबालिकाको सहयोगमा भने बाहिरी दाता आएका हुन् ।
बालबालिकालाई स्याङजा घर भई सिटी एक्सप्रेस कम्पनीका अध्यक्ष रहेका डोलराज शर्माले पहिलो चरणमा १ लाख ३० हजारसहयोग गरेका छन् । उनले पर्वतको लस्तीका बालबालिकालाई स्टेसनरी खरिद गरिदिएका हुन् । पहिलो चरणमा शर्माले कालीगण्डकीले बगाएको पर्वतको लस्ती स्थित शिव माविका बालबालिकालाई सहयोग गरेको बताए ।
उनलेयसअघि भोटेकोशी बाढीका पीडितलाईपनि नुवाकोटमा पुगेर सहयोग गरेका थिए । उक्त कम्पनीले विभिन्न बाढी पीडितलाई एक करोडभन्दा बढी सहयोग गरिसकेको छ । विद्यालय पोशाक, कापी र किताबसमेत बगेपछि निरास रहेका बालबालिका अहिले खुसी भएको शिव माविका प्रधानाध्यापक अमृत सापकोटाले बताए ।
सामग्री पाउँदा निकै खुसी लागेको कक्षा ८ मा पढ्ने दिवश केसी बताए । छिमेकी पर्वतको लस्ती बजार स्थित शिव माविमा पढ्ने केसीको घर सँगै ४० जना विद्यार्थीकासबै सामान बगेका थए । घर बगेपछि छिमेकीको घरमा आश्रय लिएपनि १० दिनसम्म पढ्न नपाएका केसी मंगलबार विद्यालय गएका छन् ।
कालीगण्डकीको बाढीले उनीहरुको घर बगाएपनि विद्यालय भने सुरक्षित छ । लेदो र वालुवा पसेको भए पनि भवन सफाइ गरिसकिएको छ । बाढीले बागलुङको निसीखोला गाउँपालिका वडा नंं ३ र ४ का बालबालिकालाईपनिसमस्या भएको छ ।
यहाँको प्रभा माविका २० जना, जनजीवराज सुशीला माविका ३ जना र लिटिल रोज माविका १८ गरी ४२ बालबालिकाको पनि कापी किताब बगेका छ । उनीहरु अहिले अभिभावकसँगै छिमेकीको घरमा आश्रयमा छन् । घरबार विहीन भएका अधिकांश दलित समुदायका रहेको वडाध्यक्ष तीकानिधि पौडेलले बताए ।





