बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

जनप्रिय माविमा अभिभावक अभिमुखीकरण

जनप्रिय माविमा अभिभावक अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८३, बिहिबार

पोखरा/जनप्रिय मावि सिमलचौरमा अभिभावकसँग अभिमुखीकरणलाई निरन्तरता दिएको छ । शैक्षिक सत्र सुरु भएसँगै कक्षागत अभिभावकसँग अन्तरक्रिया गर्दै आएको विद्यालयले दसंै तथा तिहार बिदामा गर्नु पर्ने गृहकार्य तथा सुधारबारे छलफल भएको थियो ।

कार्यक्रममा सहभागी अभिभावकले गुगल तथा एआईबाट जस्ताको तस्तै सारेर गृहकार्य बुझाउने, पूरा समय पढ्न नपाउने, पाठ्यभार पूरा नगर्ने, बिदाको जानकारी नहुने, कोर्षको वेवस्ता गर्ने, नयाँ संस्कार तथा सस्कृतिमा ध्यान नदिने, शिक्षक बिदामा रहँदा कक्षा खाली रहने लगायत विभिन्न सुधार गर्नुपर्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

विद्यालय प्रशासनले आगामी दिनमा सुधारका कार्यक्रम सार्वजनिक गर्दै अभिभावकका तर्फबाट विद्यार्थीले पूरा गर्नुपर्ने पठन कर्तव्य र अभिभावकले दिनुपर्ने ध्यानको बारेमा सुझावसहित नमुना विद्यालय निर्माण अभियानबारे धारणा मागेको थियो । अभिभावकहरुले नानीबाबुले घरमा भन्दा स्कुल र सरहरुसँग डराउने भएकाले शनिबार र आइतबारको छुट्टीमा विशेष प्याकेज ल्याउन, सिकाईलाई शिक्षामा परिणत गर्न, खाजामा ध्यान दिन, होमवर्क परीक्षण गर्ने पद्धतिलाई विकास गर्न, गणित विषयलाई प्रथामिकता दिन आग्रह गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको कार्यक्रममा नर्सरीदेखि५ सम्म, कक्षा ६, ७ र ९ तथा कक्षा ८ र १० गरी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकबीच विभिन्न चरणमा अन्तक्र्रियात्मक अभिमुखीकरण भएको थियो । कार्यक्रममा व्यवस्थापन समितिका सदस्य तथा जनप्रतिनिधि हिराकाजी श्रेष्ठले बालबालिकाको गतिविधि घरबाट मसिनोसँग नियाल्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवीप्रसाद त्रिपाठीले अभिभावकले कडा निगरानी र विद्यालयले उचित शिक्षा प्रदान गरेमात्र विद्यालय बन्ने ठोकुवा गरे । कार्यक्रममा प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले आधुनिक शिक्षा प्रदान गरिरहेको जनप्रियले संस्कार युक्त शिक्षा प्रदान गर्न घरपरिवारको ठूलो भूमिका हुने बताए । उनले प्राविधिक शिक्षा, कम्प्युटर शिक्षा, लाइब्रेरी तथा शैक्षिक यात्रामा जोडिने हरपक्षलाई सवैको हातेमालो हुनु पर्नेमा जोड दिएका थिए ।

जनप्रिय माविमा १ हजार ८ सय विद्यार्थी र७२ जना शिक्षक कर्मचारी छन् । कार्यक्रममा भ्वाईस अफ् चिल्ड्रेनका कार्यक्रम अधिकृत अप्सरा गुरुङले अभिभावकलाई मोबाइल प्रयोगबाट हुने हानी र बालबालिकालाई पार्ने असरको प्रस्तुति दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->