आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

व्यक्तिगतमा चिनियाँ र समूहमा नेपाली खेलाडी विजयी

व्यक्तिगतमा चिनियाँ र समूहमा नेपाली खेलाडी विजयी

चीनमा नेपाल प्रवद्र्धनलाई सघाउने चिनियाँ राजदूतको प्रतिवद्दता


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८१, आइतबार

पोखरा / नेपाल पर्यटन बोर्डको तथ्याङ अनुसार चालु अंग्रेजी वर्षको सेम्टेम्बरमा ९६ हजार ३ सय ५ जना विदेशीले नेपाल भ्रमण गरे । पाँच वर्षयताकै सबैभन्दा बढी पर्यटक आएको यो महिनामा नेपाल टेक्ने उत्तरी छिमेकी चिनियाँको संख्या ४ हजार ३८ जना रहेको छ । यो महिना नेपाल आउने भारतीयको संख्या चाहिँ २२ हजार ९ सय ८४ रहेको थियो ।
एक समय यस्तो थियो, पोखरामा चिनियाँहरुको लर्को नै लागेको थियो । सन् २०१९ लाई सम्झने हो भने त्यो वर्ष १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँ नेपाल आउँदा अधिकांशले पोखरा घुमेका थिए ।

कतिसम्म भन२०७६ को कात्तिकमा चिनियाँ अभिनेतृ स्वी छिङ नै पोखरा आइन् । ‘पियान्चौ पियान्छाङ’ (लाइफ अन अ स्ट्रिङ) ‘गुड अगेन्स्ट एभिल’ मिस्टर सिक्स, २४ आवर्स इन लभ, साइलेन्स अफ स्मोक, द हिडन स्वार्डजस्ता चलचित्रमा अभिनय गरेकी तथा ‘सयवटा सुन्दर फूलभन्दा पनि राम्री’ अभिनेतृको संज्ञा पाएकी यी नायिका अन्नपूर्ण आधार शिविरमा पुग्दा नेपालको व्यापक प्रचार भएको ठानियो । पर्यटन मन्त्रालयले उनलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत घोषणा पनि घोषणा ग¥यो ।

एकातिर चिनियाँ लगानीमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहनु र अर्कोतिर चिनियाँहरुको लर्को लाग्नु एकैचोटी हुँदा पोखरेली पर्यटन व्यवसायी हौसिए । प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा एकपछि अर्को चिनियाँ रेष्टुराँ खुल्न थाले । तर, दुर्भाग्य ! कोभिड १९ को प्रकोपले चिनियाँका पाइला उतै रोकिए । चीन सरकारले आफ्ना नागरिकलाई नेपाल घुम्न नजान भन्यो । लेकसाइड सेलायो । चिनियाँले औधि मन पराउने प्याराग्लाइडिङ र नजिकका छोटा पदयात्रा मार्ग पनि उस्तै गरी सुनसान बने ।

तर,फाट्टफुट्ट रुपले नै सही, चिनियाँहरुको पोखरा आउने उपक्रम जारी नै रह्यो । चीनको लिञ्जी,कुनमिङ,गोन्जाओ,यिविन,नानिङ, छुसाओ,हाइकाओ,तिब्बतको गाञ्जी प्रान्तसँग भगिनी सम्बन्ध जोडेको पोखरा महानगरका प्रतिनिधिहरु उता गइरहे । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको नहुँदा निराश बनेका पोखरेलीलाई ड्रागन बोट फेस्टिभलको छेको पारेर चीनबाट आएको दुईवटा चार्टर्ड विमानले केही आशा पनि जगायो । सो फेस्टिभलमा भाग लिन आएका पर्यटकले पनि पोखराको पर्यटनलाई थोरै भए पनि योगदान दिए ।

चीनले पछिल्लो समय पोखरालाई विशेष महत्व दिन थालेको छ । योपटकको शरद ऋतुमा पनि चीनले त्यही उपक्रम दोहो¥यायो । पोखरामा तेस्रो क्रस कन्ट्री दौडको आयोजना भयो । हिमालयन टुरिजम फोरमले चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिकालगायतका विभिन्न संघ, संस्थाहरुसँगको साझेदारीमा यो प्रतियोगिता आयोजना गरेको हो । चीनको युनान प्रान्तीय खेलकुद ब्यूरोले यो प्रतियोगितालाई सघाएको छ ।

नेपालको लागि चिनियाँ राजदूत चेन सङसहित युनान प्रान्तीय खेलकुद ब्यूरोका निर्देशक याङ झोङहुआसहितको १३४ सदस्यीय टोली चार्टर्ड विमानमार्फत् नै पोखरा झ¥यो । उनीहरुले शनिबार पोखरामै आयोजना भएको क्रस कन्ट्री दौडमा सहभागिता जनाए । यसअघि प्रतियोगिताको संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सङ,पोखराका मेयर धनराज आचार्यसहितले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै पर्यटनमन्त्री पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा चीनले सघाउने आशा जताए । चिनियाँ राजदूत सङले तत्कालीन प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी चिनपिङबाट भएको नेपाल भ्रमण वर्ष २०२५ लाई भव्य बनाउने घोषणा गरे ।
तेस्रो अन्तरदेशीय क्रस कन्ट्री दौड प्रतियोगिताअन्तर्गत चारवटा विधाका दौडमा एक हजार २ सय जना खेलाडीले सहभागिता जनाए । विद्यार्थीहरु पनि चिनियाँसँगै दौडिएको हिमालय टुरिजम फोरमका मिडिया संयोजक इञ्जिनियर प्रतिकराज पहारीले जानकारी दिए । उनका अनुसार ५० किलोमिटर दौडको इन्डिभिजुअल इभेन्टतफ चीनका धावक एङ ज्याङ जेनले ३ घन्टा ४४ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै बाजी मारे । च्यालेन्ज इन्डिभिजुअल महिलातर्फ चिनियाँ धाविका झेङ वाङ रोङ पहिलो बनिन् । उनले सो दौड ४ घन्टा ४१ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन् ।

इन्डिभिजुअल इभेन्टमा नेपाली धावक कुलबहादुर बस्नेत दोस्रो बने । उनले आफ्नो दौड ३ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरेका थिए । तेस्रो भएका नेपालकै होमलााल श्रेष्ठले ३ घन्टा ५३ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरे । पुरुषतर्फ गोपाल तामाङले ३ घन्टा ५५ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरी चौथो भए भने ४ घन्टा ४६ सेकेन्डमा दूरी पार गरेका तिलक सुनार पाँचौ भए ।

महिलातर्फ इन्डिभिजुअलतर्फ नेपाली धाविका कल्पना बुढा उपविजेता बनिन् । ४ घन्टा ५० मिनेटमा उनले दूरी पार गरिन् । महिलातर्फ ५ घन्टा ८ मिनेट १८ सेकेन्डमा दौड पूरा गरी राममाया बुढा तेस्रो, लाक्पा निङमा शेपाले ५ घन्टा २५ मिनेट २५ सेकेन्डमा दौड पूरा गरी चांैथो र मिनु बुढाले ५ घन्टा ३० मिनेट ३९ सेकेन्डमा दौड पार गरी पाँचाँै भइन् । इन्डिभिजुअल दौडतर्फको पुरुष तथा महिला दुबैले १ लाख ५२ हजार ८ सय, उपविजेता दुबैले १ लाख १४ हजार ६ सय, तृतीय हुने दुबैतर्फकाले ७६ हजार ४ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

क्रसकन्ट्री टिम इभेन्टमा भने नेपाली खेलाडीहरु विजेता बनेका छन् । नेपाली टिम सुशील शाही, सिर्जना पौडल र श्रीकश राई सम्मिलित टिमले ४ घन्टा २० मिनेट १४ सेकेन्डमा दौड पूरा गरेर च्याम्पियन बने । नेपाल टिम करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घन्टा २२ मिनेट २९ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो भए । उनीहरु सबै नेपाली सेनाका धावकहरु हुन् ।

प्रतियोगितामा पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्टको टोली तेस्रो बन्यो । उनीहरुले ४ घन्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पूरा गरेका थिए । उनीहरु एपीएफ क्लबका धावकहरु हुन् । ४ घन्टा २८ मिनेट २६ सेकेन्ड दूरी पार गर्दै विशाल राई, रमेश लिम्बु र इन्द्रकला राईको टोली चौथो, पूर्ण लक्ष्मी राई, खड्गबहादुर खड्का र राजन रोकायाको टोलीले पाँचौँ भएको छ ।

टिम इभेन्टतर्फका विजेताले चार लाख ५८ हजार ४ सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपैयाँ, तृतीयले २ लाख २९ हजार २ सय रुपैंयाँ, चौथोले १ लाख ५२ हजार ८ सय रुपंैयाँ र पाँचौंले ९५ हजार ५ सय रुपंैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितामा टिम इभेन्टतर्फ नेपालका १९ र चीनतर्फका ४ टिम तथा च्यालेन्ज इन्डिभिजुअतर्फ नेपाली महिला तथा पुरुष ८७ र चीनका २९ जनाको सहभागिता रहेको थियो । यता, ५ किमी छात्रतर्फ कास्कीका बादल कार्की र छात्रातर्फ नारायणी भण्डारी प्रथम भएका छन् । विजेता दुबैले नगद ३०÷३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । बादल कास्की मोडनाइज्ड र नारायणी छोरेपाटन माविमा अध्ययनरत छन् ।

त्यसैगरी छात्रतर्फ कालिका माविका कृष्ण परियार दोस्रो भए भने डोल्पास्थित त्रिपुरा माविका रमेश बुढा तेस्रो भएका छन् । दोस्रो भएका कृष्णले नगद रु२५ हजार र तेस्रो हुने रमेशले नगद रु २० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । छात्रतर्फ नै जुम्लास्थित चन्दननाथ माविका युवकराज बुढा चौथो, त्रिवेणी पब्लिक कास्कीका अमृत बिक पाँचौ र छोरेपाटन माविका तेन्जन रोक्का मगर छैटौं हुँदै जनही नगद १०÷१० हजार प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा छात्रातर्फ कालिका माविकी स्वीकृति कार्की दोस्रो, धनकुटास्थित सिंहेश्वरी माविकी जुही राई तेस्रो भइन् । उनीहरुले क्रमश नगद २५ र २० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अमरसिंह माविकी रक्षा फगामी चौथो, गौरीशंकर माविकी कविता मगर पाँचौ र मेघराज माविकी एन्जिला जिटी छैटौं भएर नगद १०÷१० हजारका प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत नै आयोजित ५० किलोमिटर पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कुूल, साल्मेडाँडा, रामकोट, कुुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारीहुँदै पुनः बाराहीघाट आएर समापन भएको थियो । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्याप्पी रन समूहमा दुई किमी दूरी तय भएको थियो ।

हिमालयन टुरिजम फोरमले चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिकालगायतका विभिन्न संघ, संस्थाहरुसँगको साझेदारीमा यो प्रतियोगिता आयोजना गरेको हो । चीनको युनान प्रान्तीय खेलकुद ब्यूरोले यो प्रतियोगितालाई सघाएको थियो ।
प्रतियोगिताका क्रममा तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ पनि समावेश छ । पोखरा पर्वतीय संग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->