मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ढोरपाटनका मेयर देवकुमार नेपालीको छानविन पनि सुर्यदर्शन सहकारी ठगीमै

ढोरपाटनका मेयर देवकुमार नेपालीको छानविन पनि सुर्यदर्शन सहकारी ठगीमै

इमेज पीडितलाई पोखराको अनुसन्धानबारे थाहै छैन


  • विजय नेपाली
  • कार्तिक २७ २०८१, मंगलबार

पोखरा / इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पनि सुर्यदर्शन सहकारीको ठगीमा नै लिईएको बयान जारी छ । नेपालीलाई अहिले कास्की प्रहरी हिरासतमा राखिएको छ । सुर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष समेत रहेका देवकुमार नेपालीविरुद्ध १४ महिनाअघि कास्कीमा पक्राउ पुर्जी जारी भएको थियो ।
आइतबार बागलुङबाट पोखरा ल्याइएका देवकुमार नेपालीलाई कास्की प्रहरीले सुर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार देवकुमारलाई सुर्यदर्शन सहकारी ठगीकै प्रकरणमा कास्की ल्याइएको हो ।
‘हामीले सुर्यदर्शन सहकारी ठगीकै लागि कास्की ल्याएका हौं । कास्की हिरासतमै हुनुहुन्छ । बयान लिने काम भइरहेको छ’ उनले भने । देवकुमारले आफु सूर्यदर्शन सहकारीमा अध्यक्ष हुन नपाएपछि इमेज सहकारी खोलेका चर्चा छ । नेपाली वि.सं.२०६८ सालमा सुर्यदर्शन सहकारीबाट बाहिरिदा त्यहीको कर्मचारी लिएर इमेज सहकारी सञ्चालन गरेका थिए ।
सो समय सुर्यदर्शनको नेतृत्व गितेन्द्रबाबु राई (जीबी)ले गरेका थिए । इमेजको पोखरा र बागलुङमा कार्यालय रहेको छ । बागलुङमा १ हजार ५ सय ४३ जना बचतकर्ताले एक अर्ब ३८ करोड ११ लाख ६२ हजार सात सय ५५ रुपैयाँ ठगेको उजुरी दिएका थिए ।
यता, पोखरा सृजनाचोकमा रहेको कार्यालयमा ६० करोड रूपैयाँ अपचलन भएको भन्दै पाँच सय २६ बचतकर्ताले जाहेरी दिएका थिए । फरार रहेको समयमा नेपालीले बेला–बेला सामाजिक सञ्जालमार्फत बचतकर्ताको रकम फिर्ता दिने भन्दै वातावरण बनाइदिन समेत आग्रह गर्दै आएपनि प्रहरीको सम्पर्कमा भने आएका थिएनन् ।
प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको हो । प्रहरीसँगको बयान पनि नेपालीले बचतर्कताको रकम फिर्ता गर्ने दोहो¥याएका छन् । इमेज सहकारी ठगीका मुख्य दोषि नेपालीलाई असोज १३ गते बागलुङ जिल्ला अदालतले थुनामा राख्न अनुमति दिएको थियो । अदालतले असोज १५ गते उनलाई पुर्पक्षका लागि कागाकार पठाउन आदेश दिएको थियो । नेपालीले भने आफुले रकम अपचलन नगरि लगानी गरेको बयान दिएका छन् ।
बचतकर्ताको रकम फिर्ता गर्ने बारम्बार बताउँदै आएका नेपालीले बयानमा समेत उही कुरा दोहो¥याएका छन् । ठगी मुद्दामा थुनामा रहेका नेपालीको भनाइ छ –अपचलन होइन लगानी गरेको हुँ । ‘चाहनुहुन्छ भने अहिल्यै नै मेरो सम्पत्ति बचतकर्ताको नाममा, सहकारीको नाममा नामसारी गरिदिन्छु । होइन भने बिक्री गरेर दिन्छु’, उनको बयान उद्धत गर्दै प्रहरी स्रोतले भन्यो । नेपालीले पोखरा लगायत विभिन्न स्थानमा आफ्नो, श्रीमती, भान्जा र साथीहरूको नाममा जग्गा र घर जोडेको पाइएको छ । इमेज ठगी प्रकरणमा पक्राउ परेका ओमबहादुर दर्जी भने डेढ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
पोखराका इमेज पीडितलाई पोखराको अनुसन्धानबारे थाहै छैन
उता नेपालीलाई पोखरामा ल्याएको कुरा पोखराकै इमेज सहकारी पीडितहरुलाई थाहा नभएको बताएका छन् । इमेज सहकारी पीडित संघर्ष समितिका अध्यक्ष हरि बहादुर खत्रीले आफुहरुलाई पोखरा ल्याएको कुरा थाहै नभएको र समाचार हेरर पोखरा छ भन्ने कुरा थाहा पाएको सुनाए । ‘हामीलाई त यहाँ ल्याएको पनि थाहा भएन । हिजो (आइतबार) ल्याएको रे तर, इमेजको लागि होइन रहेछ सुर्यदर्शनका लागि रहेछ । उहाँले त सम्पत्ति बेचेर नै तिर्छु भन्नु भएको छ तर, सम्पत्तिजति बैंकमा रहेछ कति नै आउला र ?’ उनले भने, ‘बैंकमा तिर्नुपर्ने तिरेर कसरी छुटाउने भन्ने विषयमा केन्द्रित भइरहेको छ ।’
नेपालीले भने २०८१ साउन १६ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई पत्र लेखेर आफूले सबै सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको लिखित जवाफ पठाएका थिए । पीडितसहितको एक समूहले सहजीकरणको काम गरिरहेको र हाल उनको स्वामित्वमा रहेको एउटा घर बिक्री भएको छ ।
रविलाई मंगलबार रुपन्देही लगिदैँ
यता,संगठित अपराधमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार रुपन्देही लगिदैछ । रुपन्देहीमा समेत सहकारीको रकम गोर्खा मिडियामा लगानी गरेपछि लामिछानेविरुद्ध समेत जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा पक्राउ पुर्जी जारी भएपछि उनलाई रुपन्देही लान लागिएको हो । सोमबार लैजाने तयारी गरेपनि आवश्यक तयारी नपुगेको भन्दै मंगलबार विहानै लगिदैछ ।
उता, रास्वपाका शीर्ष नेताहरुले भने आफुहरुलाई त्यसबारेमा आधिकारिक थाहा नभएतापनि लाने तयारी गरेको बताएका छन् । सोमबार लामिछानेलाई उपाध्यक्षसहित कार्यवाहक प्रवक्ताले हिरासतमै पुगि भेटेका थिए । लामो समय भेटघाट गरि उनीहरु फर्कदै राजनैति प्रतिशोध नै भएको र उक्त कुरा जनतालाई राम्ररी बुझाउन सभापतिले निर्देश गरेको समेत बताए ।
उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई भेट गरेका हुन् । भेटपछि सभापतिसँग भएको छलफलको विषयमा पार्टीभित्र छलफल गरेर बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने प्रवक्ता झाले बताए ।
उनले भने, ‘अहिलेसम्म राज्यसत्ताले गरेको प्रतिशोध र आगामी कदमबारे जानकारी गराउँछौं । पर्सि अपरान्ह केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन हुन्छ ।’ उपसभापति वाग्लले पनि प्रतिशोध साध्न नै सभापतिलाई अनावश्यक हिरासतमा राखेको बताए । उनले भने, ‘हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ । यो अभियानलाई अझै व्यापक बनाउँछौं । कुनै ठोस योजना बनाएर अन्य साथीहरुलाई पनि जोड्छौं ।’
अर्का उपसभापति अर्यालले दोस्रो चरणको आन्दोलनलाई व्यवस्थित मोडालिटी बनाएर जाने बताए । हिरासतमा भए पनि सभापति लामिछाने नै हुने उनले दोहो¥याए । भेटमा सभापतिको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले अनुसन्धान प्रक्रिया चलिरहेको छ । हामीले बाहिर बसेर गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो । यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, बुझाउनुस् । त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->