मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

युवा उद्यमी गौतमद्वारा जन्मदिनमा मानवसेवा आश्रमलाई सहयोग

युवा उद्यमी गौतमद्वारा जन्मदिनमा मानवसेवा आश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८१, बुधबार

बागलुङ/युवा उद्यमी ऋषिराम गौतमले आफ्नो जन्मदिनको खर्च मानवसेवामा खर्चिएका छन् । सृष्टि फर्निचरका सञ्चालक तथा बागलुङ उद्योग वाणिज्य संघका महासचिव समेत रहेका गौतमले जन्मदिनमा हुने खर्च मानव सेवा आश्रमलाई दिएका हुन् ।
गौतमले बागलुङ नगरपालिका–३ किनारा टोलस्थित आश्रमलाई न्यानो कपडा सहयोग गरेका हुन् । गौतम र श्रीमती सरिताले ७८ हजार बराबरको न्यानो कपडा आश्रमकी सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गरेका हुन् । जन्मदिनमा गौतम दम्पतिले आश्रमलाई ८ हजार ५ सय रुपैयाँको भोजन पनि सहयोग गरेका थिए ।
सडक आश्रित नागरिकलाई उद्धार गरी मानवसेवा आश्रमले पवित्र काम गरेको भन्दै गौतमले प्रशंसा गरेका थिए । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, मानव सेवा आश्रमकी अभिभावक लक्ष्मी बाँस्कोटाले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन मानव सेवा आश्रम बागलुङकी अभिभावक सरिता गौतमले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->