मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जैमिनीधामको संरक्षणमा प्रदेश सरकार कटिवद्ध – मन्त्री थापा

जैमिनीधामको संरक्षणमा प्रदेश सरकार कटिवद्ध – मन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८१, बिहिबार

पोखरा/ बागलुङको जैमिनी नगरपालिका– १ स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । बुधबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले जैमिनी धामको निरीक्षण गर्दै जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।

‘कालीगण्डकीकै छेउछाउमा रहेको र प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रुपमा चासो र चर्चा पाएको जैमिनी धामको संरक्षणमा लाग्नुपर्ने आवश्यकता देख्छु । स्थानीय तहसँग मिलेर जैमिनीधामको संरक्षण र प्रचारप्रसारमा काम गर्न प्रदेश सरकार तयार छ,’ निरीक्षण क्रममा उनले भने, ‘वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको उक्त स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न प्रदेश सरकार अगाडि बढ्छ ।’

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले गति पाएको र राजमार्गमा गुड्ने सवारीसाधनमा हिँडेका पर्यटकलाई जैमिनीधामको ऐतिहासिक महत्व बुझाउन र धार्मिक पर्यटनको बढ्वा दिन आवश्यक रहेको मन्त्री थापाले बताए । जैमिनी क्षेत्रको पर्यटकीय महत्वलाई उजागर गर्न प्रदेश सरकारले पहल गरिरहेको अवस्थामा यसको प्रवर्द्धन र विकासलाई पर्यटनसम्बद्ध सङ्घसंस्था र स्थानीयले जोड दिएको पाउँदा खुशी लागेको भनाई उनको थियो । मन्त्री थापाले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेका अवस्थामा आसपासका गन्तव्यलाई समेट्नु जरुरी रहेको उल्लेख गरे । यस विषयमा प्रदेश सरकार सचेत रहेको र सोहि अनुसारको कार्यक्रम बनाइने प्रतिबद्धता उनको छ । पर्यटन प्रवर्द्धनका लागि स्थानीयमा देखिएको जागरुकताको मन्त्री थापाले प्रशंसा गरेका छन् । धार्मिक एवं पर्यटकीयस्थलको उपयोगका लागि सामूहिक प्रयास आवश्यक भएको हुँदा सोहि बमोजिम अगाडि बढ्न उनको अनुरोध छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->