पोखरा/बुधबार नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले ताजिकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ४–० को हार व्यहोर्नुप¥यो । नेपाली फुटबलले हार व्यहोर्ने कुरा फुटबलप्रेमीका लागि नौलो होइन । तर हार किन व्यहो¥यो भन्ने प्रश्न कहिल्यै उठ्दैन । कात्तिक १५ गते लक्ष्मी पूजाका दिन नेपालमा साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपालले घरेलु मैदानमा बंगलादेशसँग २–१ को हार व्यहोर्दै पुनः एक पटक निराशा बनायो । तर, फुटबलप्रेमीहरु भने नेपाली टिमका खेलाडीहरु प्रति असन्तुष्टि थिएनन् । बरु उनीहरुको प्रदर्शनको प्रशंसा गरिरहेका थिए । अझ निकै ओरालो लागेको फुटबलको क्रेजलाई विउत्याउने काम पनि महिला टोलीले नै गरेको थियो । जुन रुपमा दशरथ रंगशाला र प्रत्यक्ष प्रशारणमा दर्शकले फुटबल हेरेका थिए त्यो देखेर खेलाडीमा समेत उर्जा भरिएको थियो । उपाधि चुम्न नपाएको नेपाली टोलीलाई दर्शकको साथ र मायाले त्यति ठूलो निराशा दिएन दियो त केबल फुटबल संघले । हार पछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय टोलि नसम्हाल्ने घोषणा गरे । घोषणासँगै उनले एउटा अन्तरवार्तामा आफ्नो रणनीति अनुसार खेलाउन नपाएको समेत बताए । यतिमात्र होइन तामाङले नेपाली फुटबलको विकासका लागि एफए अर्थात फुटबल एसोसिएसले निस्वार्थ काम गर्नुपर्ने धारणा व्यक्त गरे । नेपालको एफए भनेको अखिल नेपाल फुटबल संघ (एन्फा) हो । एन्फाको गतिविधि हेर्दा अध्यक्ष बचाउने र महासचिवको तलबमा वृद्धि बाहेक अन्य केही हुन सकेकै छैन् । अर्थात एन्फाभित्र फोहोरि राजनितिमात्रै भइरहेको छ । साफको हारपछि राजिनामा दिएका प्रशिक्षक सँगै खेलाडीहरु समेत फुटबलका लागि बोलिरहेका छन् । पुरुष फुटबल टोलीले बोल्न नसकेका कुराहरु महिला टोलीले बोलिरहेका छन् । बुधबार कान्तिपुरले आयोजना गरेको कान्तिपुर कनक्लेभमा कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपाली खेलकुदमा एन्फा र राज्यको लगानी नै नभएको बताइन् । उनले खाली पदकको आशामात्रै गर्ने तर, लगानी गर्न नसक्ने भन्दै निराशा पोखिन् । उनले खेलाडीको हड्डी घोटाएर मात्रै खेल नजितिने र यसका लागि लगानी नै महत्वपूर्ण कुरा रहेको एन्जिलाको भनाइ थियो । उनी भन्छिन्, ‘उहाँहरु २०२७ मा नेपालको वुमन्स टिमले वल्र्डकप खेल्छ भन्नुहुन्छ । अब हामी त अ गएर चन्द्रमामा पनि खेल्न सक्छम नी भन्नु त अब ? त्यो त हुँदैन नि । उहाँहरुले ग्रासरुट लेभलबाट नै काम गर्नुहुन्न भने हामीले त के एक्पेक्ट गर्नु ? हामीले खेलेरमात्रै सक्छौं भनेर हाम्रो मात्रै हड्डी घोटाएर त हुदैँन नी । उहाँहरुले पनि सोच्नुपर्छ ।’ अहिलेसम्मका खेलाडी ग्रासरुटबाट कोही नभएको र सबै आफ्नै बलबुद्धिले खेलेर नै यहाँसम्म आइपुगेको उनी सुनाउछिन् । अहिले सावित्रा भण्डारी, रेखा पौडेल र पछिल्लो समय एन्जिलाले युरोपमा खेल्ने अवसर पाएका छन् । त्यो पनि एन्फा वा राज्यको कारणले होइन उनीहरुको आफ्नै कारणले । एन्फा वा राज्यले सके हरेक खेलाडीले एजेन्टको मार्फत युरोपमा खेल्ने अवस्था रहेपनि त्यो बारेमा नेपाली फुटबलले कहिल्यै नसोचेको उनको भनाइ थियो । ‘युरोपमा खेल्ने अपरच्युनिटि हामीले पाएका छौं त्यो किन पाएको भन्दा मैले आफैले सर्च गरेर हो । मलाई फेडेरेसन÷ गोर्भरमेन्ट कसैको थ्रुबाट पनि आएको होइन । आफैले यो कुरामा स्ट्रगल गरेको हो’ उनले थपिन्, ‘कसैले पनि हामीलाई सिकाएन कि एजेन्टमार्फत हामी त्यो ठाउँमा पुग्न सक्छौ भनेर । हाम्रो जुन प्रोटफुलियो हुन्छ त्यो एजेन्ट थ्रु युरोपका क्लबमा पुग्छ भन्ने इन्डियाको लिग खेल्दै जाँदा मात्रै थाहा पाइयो । त्यो वास्तवमै फेडेरेसनले नै चासो दिने कुरा हो जस्तो लाग्छ । सायद उहाँहरुले पहिलादेख नै यो चासो लिएर अगाठी बढिदिएको भए आज प्रत्येक खेलाडीहरु युरोपमा खेलिरहेको हुन्थ्यो होला ।’
वाफ च्याम्पियनसिप पश्चात नेपाली महिला टोलीलाई हेर्ने नजरमा निकै परिवर्तन भएको छ । महिला टिमले वाफ च्याम्पियनसिपमा देखाएको त्यो प्रदर्शनीले फुटबललाई पुनः जिवित बनाएपनि नेपालमा त्यही महिलालाई सर्पोट गर्नुपर्छ, अगाडी बढाउनुपर्छ भन्ने सकरात्मक सन्देश नआएको देखिन्छ । ३ वर्षमा एकचोटीमात्रै नेपालमा महिला लिग भयो त्यसको पनि दोस्रो चरण हुन बाकि नै छ । नेपालमा लिगनै हुदैन अझ मोफसलमा त महिला फुटबल प्रतियोगिताको खडेरी नै छ । एकादुई स्थानमा हुने गरेपनि त्यसले प्रभाव हुन सकिरहेको छैन् । खेल गतिविधि नहुने तर खाली रिजल्टमात्रै खोज्ने प्रवित्तिले खेलाडीलाई समेत निकै असर परिरहेको एन्जिला बताउछिन् । खेलाडीलाई प्रेसर दिने काम मात्र हुने तर, खेलकुदलाई अगाडी बढाउन केके गर्नुपर्छ भनेर नसोचेको प्रति दुःख व्यक्त गर्दै एन्फा वा राज्यले सामान्य कुरामा समेत ध्यान दिन नसक्नु र ग्रासरुट फुटबलको विकास गर्न नसक्नुनै प्रमुख कारण रहेको सुनाइन । उता साफ च्याम्पियनसिप पश्चात प्रशिक्षकबाट राजिनामा दिएका राजेन्द्र तामाङले एन्फाले महिला टिमका लागि संघले प्रशिक्षक अनुबन्ध गरेर राख्नुपर्नेमा जोड दिन्छन् । महिला टोलीमा युवा खेलाडीको कमी भएको र अब टिम संरचना बदल्नुपर्ने स्थितिमा रहेको उनले एक अन्तरवार्तामा बताएका थिए । सो क्रममा उनले अब टोलीमा युवा खेलाडी नआएमा आगामी २०२७ मा विश्वकप खेल्ने सपना समुह चरणमै सिमित हुने समेत बताउछन् । ‘मैले खेलाडीलाई त्यतिबेला पनि भनेको हो । एजवाइज । २७ देखी ३० वर्षको मात्रै हामीसँग ९ जना छन् । मैले उहाँहरुलाई रिटायर्डको कुरा पनि गरेको थिए । हामी फाइनल पुगेपछि त्यहाँ माहोल पनि राम्रै हुन्छ हाइ ऐजका खेलाडीहरुलाई सन्यास लिन पनि भनेको थिए । मैले जिते भनेपनि फाल्दिन सक्दिन । त्यसपछि उहाँहरु अति नै मिहेनत गर्नुभयो’ उनले भने, ‘म नामको भरमा जादिन भनेपछि मेहनत गर्नुभएको थियो । एन्फासँग प्रोग्राम छैन । ०२७ र ०३१ को टार्गेट गर्ने भए त लगानी गर्न पर्छ यो टिमबाट त्यो सम्भव छैन ।’ यो दुरावस्था कास्कीमा समेत छ । कास्की जिल्ला फुटबल संघको अत्तोपत्तो छैन । महिला त कास्कीले पुरुषकै लागि समेत केहि गर्न सकेको छैन । जुन कुरा तामाङले नै पनि बताएका थिए । उनले कास्की जिल्ला फुटबल संघ निकै सुस्त भएको सुनाए । जिल्ला संघहरुमा सँग समेत योजना हुनुपर्ने र खाली केन्द्रलाई मात्र ताकेर नहुने उनी सुनाउछन् ।





