मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङमा कर सप्ताह शुरु

बागलुङमा कर सप्ताह शुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८१, शनिबार

बागलुङ/आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजनामा कर सप्ताह तथा कर दिवश मनाउन शुरु भएको छ । शनिबार सचेतनामूलक ¥यालीसहित प्रभातफेरी आयोजना गरेर दिवशको थालनी गरिएको कर अधिकृत मोहन आचार्यले जानकारी दिए ।
सात दिनसम्म चल्ने कर दिवश तथा कर सप्ताहमा विभिन्न शिक्षा मुलक कार्यक्रम, अन्तरक्रिया, पुरस्कार बितरण र सम्मानको काम गरिने छ । शनिबार बागलुङ उद्योग बाणिज्य संघ, अडिटर एसोसिएसन, कर सहयोगी तथा मजदुर संगठन समेतको आयोजनामा ¥याली भएको हो । आइतबार बिहान राजश्व कार्यालयमा आउने पहिलो सेवाग्राही सम्मान गरिने कार्यक्रम छ ।
त्यसबाहेक ५ वटा बजार क्षेत्रमा करदाता शिक्षा कार्यक्रम र अन्तरक्रिया गर्ने, उत्कृष्ट करदातालाई सम्मान गर्ने र उत्कृष्ठ कर्मचारी पुरस्कृत गर्ने योजना रहेका आचार्यले जानकारी दिए । पछिल्लो समय जिल्लामा करदाताको सख्या बढीरहेको छ । अहिले कार्यालयको तथ्यांक अनुसार २० हजार ७ सय ८१ व्यवसायिक पाना नम्बर र व्यक्तिगततर्फ ४५ हजार ९ सय ४३ जनाले पाना नम्बर लिएर कर तिर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->