मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पञ्चकोटमा ३२ औं गण्डकी सभा : पूर्वाधारका कार्यक्रम छिटो सक्नुपर्ने सुझाव

पञ्चकोटमा ३२ औं गण्डकी सभा : पूर्वाधारका कार्यक्रम छिटो सक्नुपर्ने सुझाव


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८१, आइतबार

बागलङ/सर्बसिद्दिधाम पञ्चकोटमा शनिबार ३२ औं गण्डकी सभा सकिएको छ । हरेक महिना फरक फरक विषयमा हुने सभा शुरु भएको ३२ हप्ता पुगेको हो ।
सभामा गण्डकी प्रदेश सभाकी प्रदेश मामिला तथा कानून समितिकी सभापति चम्पादेवी खड्काले अग्लो कलस जतिसक्यो छिटो निर्माण गरेर धार्मिक पर्यटन भित्राउनुपर्ने बताइन्् । उनले त्यसका लागि चाहिने खर्चको व्यवस्थापनमा सबैको चासो बढाउनुपर्ने बताइन् । प्रदेश सभा र गण्डकी प्रदेश सरकारबाट सक्दो बजेट विनियोजनमा पनि पहल गर्ने उनले बताइन् ।
यहाँ गुरुयोजना अनुसारका धेरै योजना सम्पन्न भएपनि धेरै काम बाँकी छन् । त्यसका लागि सहयोग जुटाउने काम भैरहेको पञ्चकोट विकास परिषदका अध्यक्ष जगन्नाथ आचार्यले बताए । कार्यक्रममा पञ्चकोट विकास परिषद, पूर्वाधार समितिका उपाध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष रुद्रबहादुर केसी, वडा नं. ५ का अध्यक्ष हरिप्रसाद शर्मा, जयनारायण कौशलया, गुरुकुलमकी संचालिका गोदा रंगनायकी लगायतले धार्मिक क्षेत्रको महत्व बढीरहेको बेला समयमै पञ्चकोटका संरचना निर्माण सक्नुपर्नेमा जोड दिए ।
पञ्चकोट विकास परिषदका अध्यक्ष जगन्नाथ आचार्यको अध्यक्षता, सचिव नारायण आचार्यको संचालनमा भएको सभामा पूर्वाधारका काम छिटो सक्नुपर्ने सुझावहरु आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->