मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गलकोट र बुर्तिवाङमा करदाता शिक्षा कार्यक्रम

गलकोट र बुर्तिवाङमा करदाता शिक्षा कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८१, बिहिबार

बागलुङ/कर सप्ताह संचालन गरेको आन्तरिक राजश्व कार्यालय बागलुङले बिहिबार गलकोट र बुर्तिवाङमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
करदातालाई आफ्नो पेशा व्यवसायबारे खुलेर जानकारी गराउने, कर तिर्ने र कर छली नगर्ने वातावरण बनाउन यो प्रशिक्षण गरिएको कर अधिकृत मोहन आचार्यले जानकारी दिए । उक्त अवसरमा कर छली गर्नु अपराध भएकोले सबै व्यवसायहरु करको दायरामा आउनु पर्ने बताइएको थियो ।
गलकोटमा भएको कार्यक्रममा ३५ जना व्यवसायी सहभागि थिएभने बुर्तिवाङमा ४० जनाबढी सहभागि थिए । उनीहरुलाई करको दर र दायराबारे पनि जानकारी गराइएको थियो । दुवै कार्यक्रममा कर अधिकृतहरु मोहन आचार्यले र राजनमणी शर्माले करदाता शिक्षा प्रदान गरेका थिए । उक्त अवसरमा नागरिक र व्यवसायीले उठाएका जिज्ञाशाबारे प्रमुख कर अधिकृत प्रमोदकुमार श्रीवास्तवले जानकारी गराएका थिए ।
गत शनिबार सचेचतामूलक र्यालीसहित प्रभातफेरी आयोजना गरेर दिवशको थालनी गरिएको थियो । करदादाता शिक्षा कार्यक्रमबाहेक शिक्षामुलक कार्यक्रम, अन्तरक्रिया, पुरस्कार बितरण र सम्मानको काम समावेश गरिएको छ । यो अभियानमा बागलुङ उद्योग बाणिज्य संघ, अडिटर एसोसिएसन, कर सहयोगी तथा मजदुर संगठन समेतको सहयोग रहेको आचार्यले बताए ।
पछिल्लो समय जिल्लामा करदाताको संख्या पनि बढीरहेको छ । अहिले कार्यालयको तथ्यांक अनुसार २० हजार ७ सय ८१ व्यवसयिक पान नम्बर र व्यक्तिगततर्फ ४५ हजार ९ सय ४३ जनाले पान नम्बर लिएर कर तिर्दै आएका छन् । शुक्रबार कर सप्ताहको समापनसहित अन्तरक्रिया र पुरस्कार वितरण पनि गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->