मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सिद्दबराहको पूननिर्माण र पर्यटन प्रवद्र्धनका लागि गाजा दहमा महायज्ञ सुरु

सिद्दबराहको पूननिर्माण र पर्यटन प्रवद्र्धनका लागि गाजा दहमा महायज्ञ सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८१, आइतबार

बागलुङ /प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्दै पूननिर्माण गर्न शनिवारदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु गरिएको छ । सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा उक्त महायज्ञ सुरु गरिएको हो ।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री टकराज गुरुङले महायज्ञ उद्घाटन गर्दै सरकारको प्राथमिकतामा कृषि उत्पादन र पर्यटन प्रवद्र्धन रहेको बताए । उनले गाजा दह एकसय गन्तव्यमा सूचीकृत गर ेपनि पूर्वाधार अभावमा पर्यटक भित्र्याउन नसकेकोले पहुँचमा पु¥याउन पहल गर्ने बताए । चालु वर्षको बजेटमा सम्बोधन नभएपछि आगामी वर्ष कालीगण्डकी कोरिडरदेखि मध्यपहाडी जोड्ने सडकले गाजालाई सहज यात्राबाट पुगिने बनाउने उनले घोषणा गरे ।

स्थानीयले महायज्ञ गरेर राखेको उद्देश्य पूरा गर्न सरकार पनि तयार भएको बताए । उनले त्यसबाहेक हिन्दु र बुद्ध धर्मावलम्बीहरुलाई आकर्षित गर्न सकेमामात्र पर्यटनले फड्को मार्ने पनि उनको तर्क थियो । ‘सरकार कसैको धर्मको विरोधि र समर्थक होइन तर नेपालको बिकासमा हिन्दवादु, बौद्धवा र पर्यटन मिल्नुपर्छ,’उनले भने, ‘यी धर्म भित्रका संस्कार, संस्कृति, जातजाति र इतिहास संरक्षण गर्दा पनि पर्यटन प्रवद्र्धन हुन सक्छ ।’ उनले भारतका नागरिकलाई मुक्तिनाथ र चीनका नागरिकलाई लुम्बिनी घुमाउन सक्दा दायाँबायाँका गन्तव्यमा एकदुई दिन अड्याउन मात्रै सके पनि नेपालको अर्थतन्त्र बलियो हुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले ग्रामीण क्षेत्रको सडक संजाल सहज बन्दा अन्य विकासले गति लिने र युवा रोजगारका कार्यक्रम ल्याउन सकिने बताए । त्यसका लागि निरन्तर प्रयत्नशिल रहेको भन्दै गाजाको दहको पूर्वाधार बिकासमा पनि भूमिका खेल्ने बताए ।

जैमिनी नगरपालिका वडा नंं३ का अध्यक्ष कृष्णबहादुर भुजेलको अध्यक्षता, कृष्ण सापकोटाको संचालन र नगर उपप्रमुख हरिहर शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे र काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले पनि शुभकामना मन्तव्य दिए । महायज्ञ शुरु हुनुअघि स्थमानीयले कलश यात्रा गरेका थिए । त्यस्तै महायज्ञ सफल बनाउन साताअघिदेखि स्थानीयहरु ख्टिएका छन् । भौगोलिक रुपमा उचाइमा रहेको स्थानमा महायज्ञ लगाइएको पहिलोपटक हुन सक्ने भन्दै स्थानीयले यो नौलो समेत भएको बताए । गाजा दह समुन्द्री सतहदेखि २ हजार ४ सय ६० मिटर उचाइमा छ ।
महायज्ञमा शिवदत्त रेग्मीले प्रमुखवाचकको भूमिकामा रहेका छन् भने जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको छ । महायज्ञ सफल बनाउन जैमिनी नगरपालिकाले काठेखोलातर्फको चापाखर्कदेखि गाजा दह र कुश्मीसेरा देखि दमेक हुँदै गाजा दह जाने सडकसमेत मर्मत गराएको छ ।

महायज्ञमा पहिलो दिन विभिन्न दाताले सहयोग समेत गरेका छन् । महायज्ञका लागि मन्त्री गुरुङले पनि ५५ हजार सहयोग गरेका छन् । महायज्ञ सफल पार्न जैमिनी घर भइ विभिन्न स्थानमा बस्नेहरु पनि आउने क्रम सुरु भएको छ । आगामी १४ गते सम्म महायज्ञ संचालन हुने आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->