मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

लैंङिक हिंसा अन्त्यका लागि बालअधिकारको रक्षा

लैंङिक हिंसा अन्त्यका लागि बालअधिकारको रक्षा


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८१, बुधबार

बागलुङ/लैङिक हिंसा बिरुद्दको अभियान सफल पार्न बालअधिकारको समेत सुरक्षा गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
‘हामी सबैको प्रतिवद्धता लैंगिक हिंसा अन्त्यको प्रतिवद्दता’ भन्ने मुल नाराका साथ संचालन भैरहेको लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियानको तेस्रो दिन बुधबार बागलुङमा आयोजित कार्यक्रममा बालबालिकालाई हिंसा बिरुद्धको अभियानमा जोड्नुपर्ने बताए । बालमैत्री शासन युक्त नगर अभियान समेत हिंसा बिरुद्धको शुरुवाती अभियान भएको उनीहरुको भनाई थियो ।
कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख रचना आचार्यले हिंसा नगर्ने, नसहने लगायतका काम सबैले गर्नुपर्ने बताइन् । उनले प्रस्तुतीकरण समेत गर्दै बालबालिका माथी हुने हिंसाले पछि महिला हिंसा र अन्य घटना पनि निम्तने बताइन् ।
कार्यक्रममा महिला अधिकारकर्मीहरु बिना कार्की, टिका कुमारी विश्वकर्मा लगायतले धारणा राखे । बानपा २ का अध्यक्ष सुरज बोसेलको अध्यक्षतामा भएको अभियानमा नगरका महिला तथा पुरुष र टोल विकास संस्थाका प्रतिनिधि समेत सहभागि थिए ।
यो अभियान नगरभित्रका १४ वटै वडामा संचालन हुने बताइएको छ । उनीहरुले हिंसारहित समाजको लागि राजनीतिक दल, सामाजिक संस्था, सरकारी निकाय समेतले हिंसाबिरुद्ध आवाज उठाउनु पर्ने बताएका थिए । अभियानअन्र्तगत हरेक दिन कुनै न कुनै काम गर्ने लक्ष्य राखिएको छ । बानपाका १४ वटै वडामा मंगलबारदेखि पालैपालो सचेतना अभियान, सरोकारवाला निकायसँग अन्तरक्रिया गरिने आचार्यले जानकारी दिइन् । मंसिर २५ गते विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर मुल समारोहमा पुरस्कार समेत बितरण गरिने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->