मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीको स्थापना दिवस

प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीको स्थापना दिवस


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८१, बुधबार

बागलुङ÷प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीहरुको संगठन (पिपिएलए)ले आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा वर्तमान अवस्था र कानुन व्यावसायीले खेल्नुपर्ने भुमिकाबारे चर्चा गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीहरुको संगठन ( पिपिएलए) गण्डकी प्रदेशका संयोजक तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्माले नागरिकको हक अधिकारको लागि कानुन व्यवासायीले सदैव ईमान्दारपुर्वक काम गर्नुपर्ने बताए ।
कार्यक्रममा कानुन व्यावसायीले आफ्नो मात्र नभै राज्यबाट मानवअधिकार उल्लंघन भएमा खबरदारी गर्नुपर्नेमा जोड दिए । विशेष प्रकृतिका फौजदारी मुद्दामा कानुन व्यावसायी जिम्मेवार बन्नुपर्ने उनीहरुको भनाई थियो ।
सो अवसरमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद शर्मा निउरे, प्रजातान्त्रिक काुनन व्यावसायीको संगठन (डिएलए) का उपाध्यक्ष भुमिश्वर गौतम, बारका पुर्व अध्यक्षहरु अखिलनाथ शर्मा, राजु प्रसाद गौतम, राम शर्मा, अधिवक्ता डिल्लीराज गौतम, डिएलए बागलुङका उपाध्यक्ष हरिप्रसाद गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीहरुको संगठन (पिपिएलए) बागलुङका अध्यक्ष हरिकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष युक्तजंग राजभण्डारीको स्वागत र सचिव विष्णु प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->