मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

नगर खानेपानीका क्रियाकलापप्रति सदस्यहरुकै आपत्ति

नगर खानेपानीका क्रियाकलापप्रति सदस्यहरुकै आपत्ति


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८१, बिहिबार

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बहुमतको बलमा दररेट पेश गर्ने सूचना प्रकाशित गरेको भन्दै संस्थाका केही सदस्यहरुले आपत्ति जनाएका छन् । कात्तिक ३० गतेको समितिको बैठकको निर्णय भन्दै दररेट पेश गर्न सार्वजनिक सूचना जारी गरेको भएपनि उक्त बैठकमा आँफुहरुलाई कुनै सूचना नगरेको र एकलौटी निर्णय लिएको उनीहरुको आरोप छ ।
संस्थाका सदस्यहरु कुलराज शर्मा, कालिका सापकोटा र हुमा खड्काले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै संस्थाले सह–लगानी कार्यक्रममार्फत सञ्चालित आयोजनाका लागि आवश्यक सामग्री खरिद गर्न आव्हान गरेको दररेट पेश गर्ने सूचना गैरकानूनी भएको उल्लेख गरेका छन् ।
‘आयोजना सम्पन्नभई उपभोक्ता समितिलाई हस्तान्त्रण नभएसम्म संस्थाले आफ्नो लगानीमा कुनैपनि कार्य गर्न नमिल्ने स्पष्ट कानुनी व्यवस्था छ’ विज्ञप्तीमा भनिएको छ, “यसपूर्व समेत केही काम भएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविन भईरहेको अवस्थामा कानूनको बर्खिलाप हुने गरी यस्ता गम्भिर प्रकृतिका विषयमा समितिमा छलफल गरी निर्णय लिनुपर्नेमा कुनै सूचना खबर नगरी पाँच जना बहुमत सदस्यको दम्भमा गरिएको निर्णयप्रति खेद प्रकट गर्दछौं ।’ उनीहरुले मनलाग्दी महशुल बढाएको, मिटरको जरिवाना पाँच सय प्रतिशतले बढाएको लगायतका आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->