काठमाडौं/नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।





