शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरा २६ मा कृषि सञ्जालको पुनर्गठन

पोखरा २६ मा कृषि सञ्जालको पुनर्गठन


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८१, शनिबार

पोखरा/व्यावसायिक कृषिलाई प्रर्वद्धन गर्ने उदेश्यले गठन भएको कृषि सञ्जाल पोखरा–२६ को समितिलाई पुनर्गठन गरिएको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखाको अग्रसरता गठन भएको समितिको संयोजकमा केशवराज ढुगाना रहेका छन् भने सह संयोजकमा देवी ढुगाना,सचिवमा ईश्वरराज भण्डारी,कोषाध्यक्षमा कमलबहादुर रानाभाट र सह सचिवमा सन्तोष सुवेदी छन् ।
यसैगरी समितिको सदस्यहरुमा सूर्यप्रकाश बञ्जरा,पदमबहादुर बिक,वलराम अधिकारी,धरणीधर बराल,सरस्वती भण्डारी,शैलेन्द्र अधिकारी,चित्रमाया पोखरेल,टीकाराम रानाभाट,जोगबहादुर मगर,डेटप्रसाद पनेरु,दुर्गा तिमिल्सेना रहेका छन् भने समितिको वरिष्ठ सल्लाहकारमा राजु गुरुङ,ईश्वरीप्रसाद अधिकारी,रेवती लामिछाने,चित्र प्रसाद अधिकारी, रत्नबहादुर खत्री रहेका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आफनो वडालाई कृषि उत्पादनबाट आत्मनिर्भर वनाउनका लागि किसानलाई सहयोग पुग्ने गरी विभिन्न किसिमका अनुदान देखि मल बीऊ र कृषि परामर्शका लागि पहल कदम गर्ने योजना सुनाएका थिए । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले वास्तविक किसानको पहिचान गरी तरकारी बालीदेखि चैते धानका लागि वडा नं २६ लाई पकेट क्षेत्रको रुपमा विकास गराउने लक्ष्य रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->