मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङमा १५ दिने बुट्टेनली तालिम सकियो

बागलुङमा १५ दिने बुट्टेनली तालिम सकियो


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८१, शनिबार

बागलुङ/नेपाल हस्तकला महासंघ काठमाडौंको सहयोग तथा बागलुङ हस्तकला संघको आयोजनामा १५ दिने बुट्टेनली पुनर्ताजगी सम्पन्न भएको छ । मंसिर १ गतेदेखी शुरु भएको १५ दिने तालिमको शनिबार समापन गरिएको हो ।
समापनमा बोल्दै हस्तकला महासंघका कार्यवाहक अध्यक्ष सनाम शाक्यले बागलुङको पहिचान बोकेको बुट्टेनलीको संरक्षणका लागि हस्तकला महासघंले निरन्तर सहयोग गर्ने बताए । हराउँदै गएको बुट्टेनलीलगायत विभिन्न परम्परागत कला संस्कृतिको संरक्षण गर्नका लागि सबै सरोकारवालाको ध्यान जानुपर्नेमा उनको जोड थियो ।
उपाध्यक्ष दिपेन्द्र शाक्यले युवा पुस्ता विदेश पलायन हुँदा कला संस्कृति हराउँदै गएको बताए । कार्यक्रममा बागलुङ हस्तकला संघका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटा, संस्थापक अध्यक्ष इन्द्रकुमारी श्रेष्ठ, सल्लाहकार मुकेशचन्द्र राजभण्डारी, तालिमका प्रशिक्षक तेजन विश्वकर्मा र प्रशिक्षार्थी सुजल शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङको सबैभन्दा पुरानो पहिचान र सीप बुट्टेनली बिस्तारै लोप हुदै जान थालेपछि अहिले बागलुङ हस्तकला संघ संरक्षणमा जुटेको हस्तकला सघंका महासचिव सम्झना राजभण्डारी श्रेष्ठको भनाई छ । तालिमको सहजिकरण बागलुङको काठेखोलाका तेजन विश्वकर्माले गरे ।
कार्यक्रम संघका अध्यक्षमा पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत र महासचिव सम्झना राजभण्डारी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->