बागलुङ/ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकलाई जन्मगाउँ अमलाचौरमा स्वागत तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ वडा कार्यालयले मन्त्री पाठकलाई स्वागत तथा सम्मान गरेको हो ।
शनिबार वडा कार्यालयमा आयोजना गरेको एक समारोहमा मन्त्री पाठकलाई बाजागाजा फुलमाला र दोसल्लाले स्वागत तथा सम्मान गरिएको थियो । पाठक अमलाचौरका स्थानीय हुन् । लामो समय राजनीतिमा सकृय पाठक प्रदेश सरकारको मन्त्री भएपछि पहिलो पटक जन्मगाउँ अमलाचौर पुगेका हुन् ।






