मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

नवप्रतिभा बचत तथा ऋण सहकारीले कार्यक्षेत्र विस्तार गर्ने

नवप्रतिभा बचत तथा ऋण सहकारीले कार्यक्षेत्र विस्तार गर्ने

आठौं अधिवेशनले बिष्णु प्रसाद भुसालको नेतृत्वमा १५ सदस्य संचालक समिति गठन गरेको छ ।


  • अनिष पाठक
  • मंसिर १६ २०८१, आइतबार

खर्वाङ (बागलुङ)/बडिगाड गाउँपालिका २ खर्वाङमा रहेको नवप्रतिभा बचत तथा ऋण सहकारीले शेयर सदस्यको सहजताको लागि कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।
खर्वाङमा सम्पन्न सहकारीको २८ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनमा अध्यक्ष होमनाथ अर्यालले प्रस्तुत गरेको २०८०/८१ को प्रगति तथा ८१/८२ को प्रस्तावित नीति तथा कार्यक्रममा सो विषय समावेश गरिएको छ । प्रस्तावित कार्यक्रम अनुसार सहकारीले अब बडिगाडको सकन्यार, न्वार, खौलार तथा गलकोट नगरपालिकाको रिघामा मासिक, पाक्षीक, साप्ताहिक र दैनिक बचत संकलन गर्ने छ ।
साधारण सभामा गाँउपालिका उपाध्यक्ष भिमसेन वनले सहकारी सिस्टमभित्र रहेर चल्न सकेमात्रै सफल हुने बताए । सभामा कुल २१ करोड १७ लाख ४१ हजार ३३१ रुपैयाँ ३१ पैसा बराबरको आर्थिक प्रतिवेदन कोषाध्यक्ष खगिश्वर अर्यालले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक नरीश्वर खरालले प्रस्तुत गरेका थिए ।
२७ वर्षअघि २०५४ सालमा स्थापना भएको सहकारीमा २० संस्थासहित १ हजार ६१५ शेयर सदस्य रहेका छन् । सहकारीको आर्थिक वर्ष ०८०÷८१ को वित्तिय स्थिति अनुसार २ करोड ७४ लाख १ हजार ४०० कुल चुक्ता शेयर पुँजी, १४ करोड ५५ लाख ४२ हजार ६२१ कुल बचत र १२ करोड ७७ लाख ११ हजार ७८६ कुल ऋण लगानी रहेको छ ।
सहकारीको साधारण सभामा उपाध्यक्ष विष्णु प्रसाद भुसालको स्वागत, सचिव दुर्गादत्त अर्यालको संचालन तथा अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता रहेको थियो ।
यसैबीच संस्थाको आठौं अधिवेशनले बिष्णु प्रसाद भुसालको नेतृत्वमा १५ सदस्य संचालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा खगिश्वर अर्याल, सचिवमा भिमलाल पोखरेल, सह–सचिवमा होमनाथ खराल, कोषाध्यक्षमा डिप्लोमा खरेल छन् । यस्तै नरिश्वर खरालको संयोजकमा ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको छ । जसको सदस्यमा शिवलाल पोखरेल र मोहलाल पौडेल छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->