मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

भोलिदेखि कालीगण्डकी करिडोर एक साता बन्द हुने

भोलिदेखि कालीगण्डकी करिडोर एक साता बन्द हुने


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८१, मंगलबार

फाइल तस्बिर

बागलुङ/कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी–मालढुंगा सडकखण्डको गरगरेमा जोखिमयुक्त पहाडको भित्तो काट्नुपर्ने भएपछि बुधबारदेखि एकसाता सवारी साधन चलाउन नपाइने भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ मा पर्ने भीर कटानका लागि सडक बन्द गर्नुपरेको हो ।
भित्तो काटेर सडक फराकिलो बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । करिडोर बन्द हुँदा दुवैतर्फ सवारी आवागमन ठप्प हुने छ ।
१९ गते बुधबारदेखि २५ गतेसम्म एक हप्ताको लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द गर्नुपर्ने अवस्था आएकाले बैकल्पिक मार्गको प्रयोग गर्न कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले अनुरोध गरेको छ ।
सवारीसाधनहरुलाई बैकल्पिक सडक हर्मिचौर–मिर्मी–आधिदोभानहुँदै पुर्तिघाट तर्फको सडक प्रयोग गर्न आयोजना कार्यालयले अनुरोध गरेको छ । बलेवा हर्मिचौर खण्डमा कालोपत्रेको काम गरिरहेको कालिका कन्ट्रक्सनले भित्तो कटान गर्दैछ । उक्त खण्डको ठाउँ ठाउँमा निर्माणको काम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->