मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङमा ३३ औं अन्तराष्ट्रिय अपांग दिवश मनाइयो

बागलुङमा ३३ औं अन्तराष्ट्रिय अपांग दिवश मनाइयो


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८१, बुधबार

बागलुङ/३३ औं अन्तराष्ट्रिय अपांग दिवश बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । सामाजिक विकास कार्यालयको आयोजना, बागलुङ नगरपालिका, बिवाईसी र फेयरमेड फाउण्डेसनको सहयोगमा दिवश मनाइएको हो ।
दिवशको अवसरमा अपांगता भएका व्यक्तिहरुको र्याली, अतिरिक्त क्रियाकलाप, खेलकुद, बौद्धिक प्रतियोगिताहरु तथा पुरस्कार बितरण गरेर दिवश मनाइएको हो । मंगलबार मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले फरक क्षमता भएकाहरुको सीपलाई उपयोग गर्न सकेमा देश विकासमा योगदान पुग्ने बताए । नगरपालिकाले उनीहरुको सीप उपयोग गर्ने, अपांगता भएका व्यक्तिलाई सीपमूलक तालिम दिने र रोजगारीमा अवसर दिने श्रेष्ठले बताए ।
विश्व बजारमा आएका प्रविधिको उपयोगमा अपांगहरु पनि सक्रिय रुपमा लागेकोले नेपालमा पनि ती प्रविधि भित्राएर अपांगता भएका व्यक्तिलाई अन्य सरह काम गर्ने वातावरण बनाउन पहल गर्ने श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले अपांगता भएका नागरिकको सम्मान गर्दै उनीहरुलाई पनि आत्मसम्मानको वातावरण बनाउन राज्यको नीति अनुसार काम गर्ने बेला आएको बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गर्दा पनि धेरै अपांगताहरुले अवसर पाउने बताए ।
सामाजिक जिकास कार्यालय बागलुङका प्रमुख हिमाल घर्तीमगरको अध्यक्षता, बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्यको संचालन र अपांगता सरोकार संघ बागलुङकी अध्यक्ष चीजा थापा मगरको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, बौद्दिक अपांगता भएकाहरुको अभिभावक संघका गण्डकी प्रदेश अध्यक्ष टीकाराम शर्मा, दृष्टीविहीन संघका अध्यक्ष कुमार पुन, शारीरिक अपांगता भएकाको तर्फबाट होमनाथ शर्मा र बागलुङ बहिरा संघका पूर्वअध्यक्ष नलबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
अपांग दिवशमा विभिन्न संघसंस्थाले आयोजना गरेको खेलकुद तथा अतिरिक्त क्रियाकलापमा प्रमथ, द्वितीय र तृतीय हुनेलाई पुरस्कार बितरण गरिएको थियो ।
त्यस्तै अपांगता विद्यार्थी पढाउने धौलागिरी बहिरा माविका प्रअ रेशम श्रीष, रामरेखा आधारभूत विद्यालयका प्रअ सिर्जना शर्मा, बागलुङ बिशेष बाल कक्षा उपल्लाचौरका प्रअ युक्तजंग राजभण्डारी र बलेवास्थित जनताधन माबिका प्रअ कुमार प्रसाद पौडेललाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->