बागलुङ/जाडो मौषम शुरु भएसगै मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई फलफुल तथा लत्ता कपडा बितरण गरिएको छ । चिल्डे«न लाइफ बोर्डिङ स्कुल प्राथमिक तह १–३ अन्तर्गतका विद्यार्थीहरुले फलफुल तथा लत्ता कपडा बितरण गरेका हुन् ।
प्राथमिक तह अन्तर्गतका संयोजक जिवन रोका क्षेत्री, कक्षा शिक्षक आयुष्मा बोहोराको पहलमा २ ए का विद्यार्थीहरुले संकलन गरेको रकमबाट फलफुल तथा लत्ता कपडा बितरण गरिएको हो ।
संयोजक जिवन रोका क्षेत्री, कक्षा शिक्षक आयुष्मा बोहोरा लगाएत विद्यार्थीहरुले आश्रमका अभिभावक निर्मल श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका थिए । स्याउ, टोपी, मोजा, च्यादर लगाएत गरी ५ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको संयोजक क्षेत्रीले जानकारी दिए । विद्यार्थीहरुले खाजा खर्च कटाएर सामाजिक सेवाभावको विकासका लागि सहयोग गरेको उनले बताए ।








