बागलुङ/नेकपा एमाले बागलुङ नगरपालिका–१ रामरेखा वडा कमिटि अध्यक्षमा पुनः सुर्य लामिछाने चयन भएका छन् । नेकपा एमाले वडा नम्बर १ रामरेखाको शनिबार सम्पन्न दोस्रो वडा अधिवेशनले सुर्य लामिछानेको नेतृत्वमा १९ सदस्यीय एमाले वडा कमिटि चयन गरेको हो ।
वडा कमिटिको उपाध्यक्षमा सोम बोहोरा, सचिवमा नवराज गौतम, उपसचिवमा घनश्याम उपाध्याय र गिता रिजाल चयन भएका छन् । समितिको सदस्यहरुमा कोपिला बोहोरा, सपना केसी, राधा शर्मा, अशोक खड्का, जगन्नाथ शर्मा, सृजना पुन, तिलिजा, विष्णु खत्री, बुद्ध बोहोरा, लक्ष्मी केसी, बल बहादुर बोहोरा, सिजन थापा र सागर श्रीस रहेका छन् ।
वडा अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले नेकपा एमालेका जनप्रतिनिधिले गरेको विकास निर्माणको विषयमा जनतालाई जानकारी गराउन आवश्यक रहेको बताए । एमालेका अर्का केन्द्रिय सदस्य डा. सुर्य पाठकले एमालेको नेतृत्वमा वडा तहमै विकासको लहर आएको चर्चा गरे । एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जनताको मताधिकार सहि ठाउँमा प्रयोग गर्न कार्यक्रर्ता परिचालन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य गिता शर्मा, प्रदेश कमिटि सदस्य ममतादेवि शर्मा, एमाले रामरेखा इन्चार्ज लक्ष्मी बोहोरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमालेमा लोमो सयदेखि सक्रिय समाजसेवीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम एमाले वडा कमिटिका अध्यक्ष सुर्य लामिछानेको अध्यक्षता तथा सचिव नवराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै, बागलुङ नगरपालिका ११ रायडाँडाको वडा अधिवेशनबाट चिरञ्जीवी केसी र ढोरपाटन नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनबाट कोपिला पुनमगरको नेतृत्वमा वडा कमिटि चयन भएको छ ।





