सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मानवअधिकार दिवशमा बिरामीलाई फलफूल बितरण

मानवअधिकार दिवशमा बिरामीलाई फलफूल बितरण


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८१, मंगलबार

बागलुङ/अन्तराष्ट्रिय मानवअधिकार दिवशको अबसरमा मानवअधिकार तथा शान्ति समाज बागलुङले धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ ।
मानवअधिकार भित्र नागरिकको बाँच्न पाउने अधिकार समेत रहेको भन्दै उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिएर फलफूल बितरण गरिएको समाजका अध्यक्ष फणिन्द्र आचार्यले जानकारी दिए । समाजले अस्पतालका बिरामीलाई आवस्यक पर्ने फलफूल किनेर अस्पतालका चिकित्सक डा. अमित ढुंगानालाई हस्तान्तरण गरेका थिए ।
उक्त अबसरमा मानवअधिकार तथा शान्ति समाजले गर्ने काम र खेल्ने भूमिका बारे पूर्व अध्यक्ष निलकण्ठ शर्माले पनि मन्तव्य राखेका थिए । कार्यक्रम समाजका सहसचिव सबिता ज्ञवालीले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->