सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङको दमेकमा कांग्रेसको सय दिने अभियान

बागलुङको दमेकमा कांग्रेसको सय दिने अभियान


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०८१, बुधबार

बागलुङ/नेपाली कांग्रेसको संगठन निर्माणका लागि संचालित १ सय दिने अभियानअन्र्तगत मंगलवार जैमिनी नगरपालिका वडा नं. २ दमेकमा बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
संगठन निर्माणलाई बढाउने, पार्टीको भातृ तथा सुवेच्छुक संघ संगठनमा समन्वय बढाउने, जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्ने लगायतको बिषयमा छलफल केन्द्रीत भएको थियो । कार्यक्रममा उपस्थित भएका अधिकांस कार्यकर्ताले जनप्रतिनिधि र पार्टीबीच समन्वय बढाउन्ुपर्ने, नियमित संगठन निर्माणमा पार्टीले ध्यान दिनुपर्ने र कार्यकर्तालाई पनि नियमित कार्यक्रममा जोड्नुपर्ने लगायतको ध्यानाकर्षण गरेका थिए ।
पार्टी प्रतिनिधिको रुपमा नेविसंघका पूर्व अध्यक्ष महेन्द्र प्रसाद कंडेलले पार्टी संगठन चुस्त बनाएर आसन्न निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सबैले पहल गर्नुपर्ने बताए । साथै उनले जनप्रतिनिधि, आमकार्यकर्ता र पार्टीबीचको सम्बन्ध सुधारमा पनि सन्देश पु¥याउने प्रतिवद्दता जनाएका थिए ।
वडा नंं २ का पार्टी अध्यक्ष नन्दलाल सापकोटाको अध्यक्षता, शंकर सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य सिताराम रसाइली, नगर कार्यपालिका सदस्य भगवती सापकोटा, चिन्तामणी बिक, वडा अध्यक्ष प्रेम सापकोटा, प्रदेश समितिका सचिव लक्ष्मी सापकोटा, अमरबहादुर परियार लगायतले मन्तव्य राखेका थिए । यो अभियान वडा र पालिका तहसम्म पनि संचालनमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->