सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पत्रकार महासंघ बागलुङमा दुइ प्यानलको प्रतिस्पर्धा

पत्रकार महासंघ बागलुङमा दुइ प्यानलको प्रतिस्पर्धा

पत्रकारको क्षमता विकास, पेशागत मर्यादा र अधिकारका लागि लड्ने शर्त यतिबेला महासंघका उमेदवारहरुको एजेण्डा बनेका छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०८१, बिहिबार

बागलुङ/नेपाल पत्रकार महासंघको २७ औं महाधिवेसन तथा जिल्ला शाखा बागलुङको आठौैं जिल्ला अधिवेसन शुक्रबार सम्पन्न हुँदैछ । देशभरका झण्डै दश हजार पत्रकार अहिले चुनावी अभियानमा छन् ।
आठौं जिल्ला अधिवेसनमा आइपुग्दा बागलुङमा पनि विभिन्न एजेण्डासहित पत्रकारहरु नेतृत्वका लागि अगाडि बढेका छन् । पछिल्लो समय पत्रकारितामा शुद्दिकरणको अभियान नै चलेको छ । तर शुद्दिकरणको नाउँमा राजनीतिक, व्यवसायिक र गैर पेशागत सदस्य थप गर्ने काम पनि भएका छन् ।
वास्तविक शुद्दिकरणमा जाने अभिप्रायले प्रेस युनियन र प्रेस चौतारीको साझा प्यानलको रुपमा तारानाथ आचार्य अध्यक्षको मैदानमा छन् । प्रेस सेन्टर र प्रगतीशिल पत्रकारहरुको उमेदवारको रुपमा राम थापा ‘अविरल’ अध्यक्षको रुपमा प्रतिष्पर्धामा छन् । आचार्य यसअघि महासंघको सहसचिव पदमा कार्यरत थिए । भने थापा अघिल्लो कार्यकालका सचिव थिए ।
पत्रकारको क्षमता विकास, पेशागत मर्यादा र अधिकारका लागि लड्ने शर्त यतिबेला महासंघका उमेदवारहरुको एजेण्डा बनेका छन् । उनीहरुले सदस्यता शुद्दिकरण तथा आवस्यक पर्नेलाई सदस्यता दिलाउने प्रतिवद्दता पनि जनाएका छन् ।
महासंघको निर्वाचन समितिले बिहिबार दिउँसो उमेदवारको अन्तिम नामावली समेत प्रकाशित गरेको छ । जस अनुसार आचार्यको नेतृत्वमा उपाध्यक्षमा सुभाष आचार्य र सिर्जना पन्त, सचिवमा नारायण रिजाल, कोषाध्यक्षमा खेमराज गौतम (सुवास), सहसचिवमा डम्बर बुढा उमेदवार छन् । अर्का सहसचिव पदका उमेदवार नवराज नेपाली निर्विरोध निर्वाचिन भैसकेका छन् । थापा प्यानलबाट उपाध्यक्षमा किरण आचार्य र पवित्रा बुढा, सचिवमा विजय राना, कोषाध्यक्षमा सुमन सुनार तथा सहसचिवमा खगेन्द्र विश्वकर्मा उमेदवार छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->