शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

रविकाे ‘हिरासत तस्बिर’ सार्वजनिक गर्ने निकोलस रिहा

रविकाे ‘हिरासत तस्बिर’ सार्वजनिक गर्ने निकोलस रिहा


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०८१, सोमबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस (कमल) भुसाल रिहा भएका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको थियो भने सोमबार नै पोखरा ल्याइएको थियो ।

सोमबार म्याद थपका लागि उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । तर, अदालतले अनुमति दिएन । अदालतको अनुमति नपाएपछि जिल्ला प्रहरी कार्यालयले बाहिरबाटै अनुसन्धान गर्नेगरी उनलाई छाडेको कास्की प्रहरीले जनाएको छ ।

गत बुधबार रातिदेखि रवि हिरासत कक्षमा सुतिरहेको सीसीटीभी फुटेजको फोटो भाइरल भएको थियो । त्यसपछि गृहमन्त्री रमेश लेखकले नै फोटो बाहिरिएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए ।

फोटोलाई लिएर व्यापक चर्चा भएपछि बिहीबार भुसालले सामाजिक सञ्जालबाट तस्बिर आफूले खिचेको दाबी गरेका थिए । लगत्तै कास्की प्रहरीले एक विज्ञप्तिमार्फत भुसालले नै फोटो खिचेर सार्वजनिक गरेको हुन सक्ने र उनले साइबर कानुनको उल्लंघन गरेको बताएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->